दिनपछिल्लो समय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिकाप्रति प्रश्न उठेको छ।
नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको आन्तरिक राजनीतिमा राष्ट्रपतिले कुनै एक पक्षलाई साथ दिँदै सक्रिय रहेको खबर आइरहेको भन्दै राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई राष्ट्रपतिले साथ दिँदै आएको खबरहरू आइरहेका छन्।
नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।
यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ। केही दिनअघि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शितलनिवास बोलाएर राष्ट्रपति भण्डारीले पार्टी एकताको रक्षाका लागि पहल गर्न आग्रह गरेको खबरहरू आएका थिए।
‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ,’ रावलले शुक्रबार बिहान ट्वीट गरेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’
नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ।
प्रतिक्रिया