Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:५४

मिस नेपालको प्रतिस्पर्धामा ६ जना डाक्टर सुन्दरी

Wide Nepal News
मङ्गलबार, जेठ १७, २०७९
काठमाडौं । मिस नेपाल २०२२ मा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् । अन्तिम २४ जनामध्ये ६ जना डाक्टर र तीन जना इन्जिनियर छन् भने बाँकी उद्यमी र सञ्चारकर्मी छन् । मिस नेपाल आयोजक हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले विभिन्न पेशा व्यवसायका सुन्दरीको सहभागिताले प्रतियोगितालाई समावेशी बनाएको बताए । अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन् । उनीहरुलाई आइतबार प्रतिस्पर्धी नम्बर र ब्याच वितरण गरिएको थियो । ‘यो समावेशिताले हामीलाई खुसी तुल्याएको छ । सम्मानित पेशाबाट युवतीको प्रतिस्पर्धाले पेजेन्टलाई राम्रो हुने हुने विश्वास छ,’ राजकर्णिकारले अनलाइनखबरलाई भने । मिस नेपालको ग्रान्ड फिनाले असार ४ गते ललितपुरको गोदावरीमा हुँदैछ ।

प्रतिक्रिया