इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी छानबिनकालागी जिल्ला तानिए
Wide Nepal News
बुधबार, मङि्सर १०, २०७७
दार्चुला । गयराती देखी सम्पर्क विहीन बनेर बिहान आफै सम्पर्कमा आएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायप उपरीक्षक (डिएसपी) भरतराज चौधरी जिल्ला तानिएका छन् । चौधरी माथि छानबिन गर्न जिल्ला तानिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।
जिल्ला प्रहरी कार्यालयले उनीमाथि छानबिन गरेर दोषी देखिएमा कारबाही हुन्छ,वरिष्ठ प्रहरी उपरीक्षक सिंहले भने,‘अहिले उनी जिम्मेवारी विहीन छन् ।’
डिउटीको समयमा सम्पर्क विहीन भएका चौधरी ८ घण्टा पछि कैलालीको बुढितोलाबाट सम्पर्कमा आएका थिए । ईप्रका मालाखेतीमा तत्कालका लागि ईन्सपेक्टरलाई जिम्मेवारी दिइएको छ
प्रतिक्रिया