Wide Nepal News आइतबार ०९, मङि्सर २०८१ १०:५९

दार्चुला बाट निर्वाचित सांसद ठगुन्ना मन्त्री

Wide Nepal News
शुक्रबार, पुष १०, २०७७
गोकुलेश्वर । विघटित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना पहिलो पटक मन्त्री बन्न लाग्नुभएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गर्न लागेको मन्त्रीहरुमा नेकपा दार्चुलाका नेता गणेशसिंह ठगुन्नाले पनि मन्त्रीको जिम्मेवारी पाउन लागेको अनेरास्ववियु केन्द्रिय सदस्य खेमराज जोशीले जानकारी दिएका छन । संविधानसभा हुदै प्रतिनिधिसभासम्म प्रतिनिधित्व गरेका दार्चुलाबाट निर्वाचित सासंद गणेश ठगुन्नाको यसपटक मन्त्री बन्ने सम्भावना प्रवल रहेको भनेर विगतदेखि नै चर्चा हुदै आएको थियो । पछिल्लो समय विकसित घटनाक्रमपछि सातजना मन्त्रीहरुले सामुहिक राजीनामा दिएसंगै सोहि संख्यामा नयाँ मन्त्री थपिन लागेका हुन् । यसैबिच शुक्रबार थपिने मन्त्रीको सूचिमा डोटीका प्रेम आले, रौतहटका प्रभु साह र अर्घाखाँचीका टोपबहादुर रायमाझी नवनियुक्त मन्त्रीको शपथ लिन लागेको स्रोतले बताएको छ ।

प्रतिक्रिया