Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०६

मार्मामा नेपाली काग्रेशको विरोधसभा, दुई दर्जन बढी कार्यकर्ता काग्रेश प्रवेश

Wide Nepal News
सोमबार, पुष १३, २०७७
गोकुलेश्वर । प्रतिनिधिसभा विघटनको विरोधमा दार्चुलाको मार्मा गाउँपालिकामा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । नेपाली काग्रेशको देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम अनुसार दार्चुलामा पनि र्याली सहित विरोध सभाको आयोजना गरिएको नेपाली कांग्रेस दार्चुलाका सचिव हरक विष्टले जानकारी दिए । मार्मा गाउपालिकाको लटिनाथ मैदानमा भएको कार्यक्रममा सात सय बढी मानिसको उपस्थिती रहेको काग्रेंंस दार्चुलाले जनाएको छ । नेपाली कागे्रंस दार्चुलाका सभापति ललित सिंह बोहराको अध्यक्षतामा भएको विरोध कार्यक्रममा नेपाली काग्रेंश केन्द्रिय सदस्य एबं विघटित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यता रहेको थियो । विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता बडूले वर्तमान सरकार सुरु देखि नै संघियता र लोकतान्त्रिक व्यवस्था माथी हस्तक्षेप गर्न तर्फ उन्मुख रहेको आरोप लगालगाएका छन । बडूले भने, 'विरोध हाम्रो रहर होइन, बाध्यता हो । नेता बडूले भन्नुभयो, सरकार माथी विस्वास थियो, शान्ती, स्थिरता र बिकास हुन्छ भनेर तर त्यसको विपरित सरकार निरंकुशता तर्फ उन्मुख भयो, त्यसैले प्रचण्ड माधव लगायतका नेताहरुले समेत लोकतन्त्रका लागि ओली नेतृत्वको सरकार खतरा छ भन्ने महसुस गरेर स्वयंम सडकमा आएका छन् ।' चुनाव कांग्रेसका लागि अवसर भए पनि यो असंबैधानिक कदम भएकोले कांग्रेस संसद विघटनको विपक्षमा रहेको नेता बडूको भनाई थियो । प्रतिपक्षी शसक्त भएन भन्ने जनस्तर बाट आरोप लागेको अवस्थामा समेत काग्रेंशले त्यो आरोप सहेर पनि नेकपा सरकारलाई रचनात्मक सहयोग गरिरहेको स्मरण गर्दै नेता बडूले भन्नुभयो, कांग्रेस स्थिरताको पक्षमा दृढ़ रहेको छ । कांग्रेसले जनतामा जानको लागी नडराने र अदालतले चुनावमा नै जानुस भन्यो भने अदालतको निर्णय स्विकार्दै चुनावमा जाने धारणा राखे । गलत बाटोबाट भएको संसद विघटन अदालतबाट पुनर्बहाली हुनेमा विस्वास रहेको नेता बडूको भनाई छ । नेकपा दार्चुलाका नेता गणेशसिंह ठगुन्ना मन्त्री भएको विषयलाई व्यङ्ग गर्दै काग्रेश नेता बडूले ओली सरकारको सहोदरहरुले साथ छोडेर खाली भएका मन्त्री पदमा नियुक्त हुनु भनेको प्रतिगमनलाई प्रशय दिनु सरह भएको आरोप लगाए । विरोध सभालाई सम्बोधन गर्ने क्रममा अधिकांश नेताहरुले सरकारले चालेको कदम संविधानविरोधी भएकाले अब कांग्रेस जाग्नुपर्ने बेला आएको धारणा राखेका छन् । लोकतन्त्रको रक्षाका लागि आफूहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको नेताहरुको भनाई थियो । छविमा समावेश हुनसक्ने: 1 व्यक्ति, उभिएको तथा  बाहिरी काग्रेश दार्चुलाका सभापती ललितसिंह बोहराको अध्यक्षता र नेता दिलेन्द्र बडूको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समिती सभापति नन्दा बम विशिष्ट आतिथि रहे । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, नेपाली काग्रेंश दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विक्रम सिह धामी, काग्रेश दार्चुलाका सचिव हरक बिष्ट, विपि चिन्तन प्रतिष्ठानका केन्द्रिय सदस्य चन्द्र सिंह सामन्त, जिल्ला कार्य समिति सदस्य तथा काग्रेंश दार्चुला बाट प्रदेश सभा उम्मेदवारद्धय मदन गिरी र जगदिश बहादुर पाल, नेविसंघका पुर्व केन्द्रिय उपाध्यक्ष गणेश भट्ट, नेपाली काग्रेंस जिल्ला कार्य समिति उप सभापती तथा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिह धामी, महाकाली नगरपालिकाका नगर प्रमुख हंश राज भट्ट, दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, व्यास गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकी लगायत काग्रेश दार्चुलाका पदाधिकारी, पुर्व पदाधिकारी लगायत नेता कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थिती रहेको नेपाली काग्रेंश दार्चुलाका सचिव हरक सिंह विष्टले बताए । छविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, उभिएका मानिसहरू, people on stage, people dancing तथा  बाहिरी यसैबिच नेपाली काग्रेशको बिरोध कार्यक्रममा शैल्यशिखर नगरपालिकामा स्थानीय तहको निर्वाचनमा पराजित उप मेयर पदका उम्मेदवार माधवी धामी खडायत, राष्ट्रिय युवा संघ शैल्यशिखर नगर कमिटी उपाध्यक्ष सुरेश खडायत सहित शैल्यशिखर नगरपालिका र मार्मा गाउँपालिकाका दुई दर्जन बढी कार्यकर्ताले नेकपा परित्याग गरी नेपाली काग्रेंश प्रवेश गरेको काग्रेश दार्चुलाले जनाएको छ ।
पार्टी प्रवेश गर्नेहरुमा बिक्रम बहदुर सिंह, राम सिंह बिष्ट, नरेन्द्र प्रसाद भट्ट, दिवाकर बिष्ट, पुर्ण सिंह महर, गणेश सिंह बोहरा, दमन बहादुर खडायत, गौरी लाल खडायत, हरि दत्त भट्ट, हिरा दत्त भट्ट, धिरेन्द्र बहादुर सिह, मोहन बहादुर सिंह, अमर दत्त भट्ट, सन्तोष लुहार, दिलप सिह बिष्ट, डम्मर कुमार डागा, माधव नेपाली, गणेश सिंह साउद, नारायण बिष्ट, वसन्त सिंह बोहोरा, अमर सिंह ओड, पदम राज भट्ट, मनोज ठगुन्ना, मन्धिर सिंह ठगुन्ना, गणेश सिंह महरा, पदम टमटा, पुर्ण सिह ठगुन्ना, रमेश सिंह ठगुन्ना, महेन्द्र बहादु सिंह, र नरेन्द्र टमटा रहेको तरुणदलका नेता सुरेश बिष्टले बताए ।
छविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, उभिएका मानिसहरू तथा  बाहिरी छविमा समावेश हुनसक्ने: ६ जना मानिसहरू, उभिएका मानिसहरू, crowd तथा  बाहिरी छविमा समावेश हुनसक्ने: 1 व्यक्ति, उभिएको, हिमाल, बाहिरी तथा  प्रकृति

प्रतिक्रिया