Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:५३

सगरमाथा आरोही गायक राजु लामालाई सम्मान

Wide Nepal News
बुधबार, जेठ १८, २०७९
काठमाडौं: विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किएका गायक राजु लामालाई भक्तपुरमा सम्मान गरिएको छ। भक्तपुरको गठ्ठाघरमा मंगलबार आयोजना गरिएको सम्मान कार्यक्रममा मध्यपुर ब्वाइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले गायक लामालाई सम्मान गरेका हुन्। चर्चित साङ्गीतिक समूह मङ्गोलियन हर्टका गायक लामाले सगरमाथाको सफल आरोहण गर्नुका साथै सात हजार ९०० मिटरको उचाइमा एकल साङ्गीतिक कार्यक्रम सम्पन्न गर्दै विश्व किर्तिमान राखेका थिए। मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष कृष्णहरी आचार्यलगायत वडा सदस्यलाई समेत बज्राचार्यले सो अवसरमा सम्मान गरेका थिए।

प्रतिक्रिया