Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०१

प्रतिगमन नसच्चिएसम्म आन्दोलन रोकिदैन : सुदुरपश्चिम प्रदेश सह–इन्चार्ज जोशी

Wide Nepal News
मङ्गलबार, पुष १४, २०७७
गोकुलेश्वर । नेकपा (प्रचण्ड–माधव) पक्षका नेता तथा सुदुरपश्चिम प्रदेश सहइन्चार्ज लक्ष्मणदत्त जोशीले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने बताएका छन । मंगलबार प्रधानमन्त्री ओलीको संसद भङ्ग गर्ने कदमविरुद्ध दार्चुला सदरमुकाम क्षेत्रमा भएको शक्ति प्रदर्शनका क्रममा विरोधसभालाई सम्बोधन गर्दै नेता जोशीले ओलीको प्रतिगामी कदमविरुद्ध सबै राजनीतिक शक्ति र जनता ऐक्यवद्ध हुन जरुरी रहेको बताए। सह इन्चार्ज जोशीले ऐतिहासिक राजनीतिक परिवर्तन र संविधानको रक्षा गर्न नेपाली जनता तयार छन् भन्ने कुरा विरोध प्रदर्शनमा सहभागी जनताको सहभागिताबाटै पुष्टि भएको स्पष्ट पारे । जोशीले प्रधानमन्त्री केपी ओलीको संसद भंग गर्ने असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध प्रदर्शनमा आएका सबैलाई धन्यवाद पनि दिए । उनले संबैधानिक निकायका सदस्यहरुले पनि असंवैधानिक कदमको विपक्षमा निर्णय गर्नेमा आफुहरु विश्वस्त रहेको बताए । नेकपा (प्रचण्ड–माधव) पक्षका नेता गणेश सिह खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सह इन्चार्ज लक्ष्मणदत्त जोशी प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रामदत्त जोशी, नेकपा जिल्ला सचिवाल सदस्य ज्ञानेन्द्र घर्ती लगायतले सम्बोधन गरेको नेकपा दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया