Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०५

दार्चुलाका पर्यटकीय स्थलको पहिचान गरिने

Wide Nepal News
मङ्गलबार, पुष १४, २०७७
गोकुलेश्वर । आन्तरिक पर्यटन पुर्नरत्थान समिति सुदूरपश्चिम प्रदेश र नेपाल पर्यटन बोर्डले सुदूरपश्चिमका पर्यटकीय स्थलहरुको पहिचान गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका पर्यटकीय क्षेत्रहरुको सम्भाव्यता र अवस्थाबारे पहिचान गर्ने भएको हो । पर्यटन प्रवद्र्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक पर्यटन पुर्नत्थान समिति सुदूरपश्चिमका सह संयोजक प्रमानन्द भण्डारीले यस क्षेत्रको पर्यटकीय क्षेत्रहरुको पहिचान जरुरी रहेको बताए । यो क्षेत्रमा पर्यटनको अवस्था के छ, कुन क्षेत्रमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन र पर्यटन पुर्नत्थान समितिको परिचय गराउने उद्देश्यले दार्चुला पुगेको भण्डारीको भनाई छ । समग्र सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्रको विकासको लागि बृहत कार्ययोजना बनाएर समिति अघि बढेको भन्दै दार्चुलाका सम्भावनाहरुलाई पनि समेटिने बताए । उनले भने, पर्यटन भित्र्याउन सानो सानो कुरामा पनि ध्यान दिनुपर्छ । स्थानीय तह, प्रदेश र संघले पर्यटन प्रवद्र्धनमा कसरी काम गर्न सकिन्छ, त्यो विषयमा पनि छलफल गर्दैछौ । यो क्षेत्र पर्यटकको लागि राम्रो सम्भावना रहेको भन्दै आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सबैले सहयोग गर्नुपर्ने बताए । यस्तै नाटा सुदूरपश्चिम प्रदेशका सचिव शिवहरी पाण्डेले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताएका छन। हामीले बाह्य पर्यटकलाई मात्र नभई आन्तरिक पर्यटक र पर्यटन क्षेत्रको प्रवद्र्धनतर्फ लाग्नुपर्छ उनले भने, थोरै लगानीमा पनि पर्यटक भित्र्याउन सकिन्छ । यहाँको पर्यटकीय स्थलहरुको खोजी गरौं । दार्चुलामा थुप्रै पर्यटक भित्रयाउन सकिने सम्भावना छन् । अपि नाम्पा संरक्षण क्षेत्रदेखि धार्मिक पर्यटकको लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो । पर्यटन प्रवद्र्धनको लागि डिजिटल मिडियाको प्रयोग गरौं उनको भनाई छ । डिभिजन वन कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख अमरसिह धामीले दार्चुलाका दुई वटा रुटमार्फत २० वटा पर्यटकीय स्थलहरुको पहिचान भइसकेको बताए। हामीले दुई वर्ष अघि नै जिल्लाको २० वटा स्थलहरुको पहिचान गरेर मन्त्रालयमा पठाएका छौं । यहि अनुसार पनि कार्ययोजना बनाएर अघि बढ्न सके दार्चुलाको पर्यटन क्षेत्रमा महत्वपूर्ण सहयोग हुने उनको भनाई छ । यस्तै अपि नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रसम्म पर्यटक पुर्याउन प्याकेज बनाउनुपर्ने बताए। उनका अनुसार पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा पनि जोड दिनुपर्ने र यसको लागि पर्यटन क्षेत्रमा आवद्ध संघ संस्थाले प्याकेज निर्माण गर्नुपर्ने बताए । महाकाली नगरपालिकाका नगर उपप्रमुख सुना बोहराले आ आफ्नो स्थानीय तहभित्र रहेर पर्यटकीय क्षेत्रको पहिचान र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले पर्यटक प्रवद्र्धनको लागि मठ मन्दिरमा मात्रै लगानी गरेर नहुने बिचार राखे । अहिलेसम्म पर्यटनको नाममा मन्दिरहरुमा मात्रै लगानी आउँदैछ, यसको अन्त्य हुनुपर्छ अध्यक्ष धामीले भने । कार्यक्रममा पर्यटन पुर्नरत्थान समितिका सदस्य चक्रसिह ह्याकीले दार्चुलामा पर्यटनको प्रचुर सम्भावना रहेको हुँदा यो क्षेत्रमा पत्रकारहरुले विशेष कलम चलाउन आग्रह् गरेका छन ।

प्रतिक्रिया