Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:५६

धनगढीमा ट्रकको ठक्करबाट घाइते भएका २ जनाको परिचय खुल्यो

Wide Nepal News
शुक्रबार, पुष १७, २०७७
दार्चुला ।  निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा घाइते भएकाहरुको परिचय खुलेको छ।
शुक्रबार बिहान ६ लेन सडकखण्डको धनगढी विमानस्थल जाने बाटो नजिकै ना ७ ख ७९८ नम्बरको ट्रकले प्रदेश नम्बर ३०२०१२ प ६४१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाइते भएकाको परिचय खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले घाइते हुनेमा मोटरसाइकल चालक २६ वर्षीय सुनिल बिष्ट र पछाडी सवार २९ वर्षीय गोविन्द विष्ट रहेको बताए।
उनीहरुको अवस्था मध्यम रहेको छ। दुवैजनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया