Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ००:१६

भारतले नेपाली भूमिमा बाँध बाँधीरहेको स-प्रमाण सरकारलाई जानकारी

Wide Nepal News
मङ्गलबार, पुष २१, २०७७
दार्चुला । महाकाली नदी नियन्त्रण आयोजनाले आवश्यक प्रमाणसहित भारतले सीमा नदी महाकाली र नेपाली भूमिमा भारतले बाँध (तटबन्ध) निर्माण गरिरहेको जानकारी औपचारीक रुपमा सरकारलाई पठाएको छ । महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै र भौराबगड क्षेत्रको दायाँ तिरको भू–भागमा भारतले विना कुनै जानकारी बाँध निर्माण गरिरहेको जानकारी आयोजनाको तर्फबाट सोमबार सरकारलाई पठाएको हो । आयोजनाले बाँध निर्माण भइरहेको जानकारी संगै २०७१ साल पौष २० गते नेपाल सरकारलाई बाँध निर्माण कार्य रोक्न भारतले पठाएको पत्र, २०७० सालको बाढीले नदीको धार परिवर्तन गरेको स्पष्ट देखिने नक्सा र भारतीय पक्षबाट निर्माण भइरहेको संरचनाको चित्र समेत पठाएको आयोजना प्रमुख शोभाकर पौडेलले जानकारी दिएका छन । २०७० साल असार २ गते महाकाली नदिमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा ठुलो धनजनको क्षति गरेको थियो । सोही बाढीले महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै र भौराबगड क्षेत्रमा नदीको बहाब परिवर्तन गरी नदी नेपालको भू–क्षेत्रभित्र प्रवाह भइरहेको तथा विगतमा नेपालको बस्ती रहेको बिच स्थानबाट बगीरहेको ब्यहोरासहितको जानकारी पत्रमार्फत सरकारलाई गराइएको हो । सीमा नदीको दायाँ क्षेत्रमा परेको नेपालको जमिनमा भारतले तिब्र गतिमा बाँध निर्माण गर्ने कार्य गरिहेको जानकारी आयोजनाले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, महाकाली नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पठाएको आयोजना प्रमुख पौडेलले बताए । No description available.

प्रतिक्रिया