Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ००:१२

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगु्न्नालाई गृह जिल्ला दार्चुलामा स्वागत

Wide Nepal News
शनिबार, पुष २५, २०७७
गोकुलेश्वर । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का नेता तथा नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाको गृह जिल्ला दार्चुलामा स्वागत गरिएको छ । मन्त्री भइ शनिबार साँझ पहिलोपटक गृह जिल्ला दार्चुला आएका मन्त्री ठगुन्नाको दार्चुलाको गोकुलेश्वरमा स्वागत गरिएको हो । धनगढीबाट आज अपराह्न ५ बजे गोकुलेश्वर पुगेका मन्त्री ठगुन्नाको नेकपा दार्चुलाका नेता/कार्यकर्ताहरुद्दारा स्वागत गरिएको उनि निकट एक नेताले बताएका छन । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुगेका मन्त्री ठगुन्नाको नेकपा दार्चुलाका नेता/कार्यकर्ताहरु एवं शुभचिन्तकहरुले गोकलेश्वरमा बाजा दमाहा सहित बधाइ दिएर स्वागत गरेका हुन । मन्त्री भएकोमा बधाई दिन आएका पार्टीका नेता/कार्यकर्ता तथा शुभचिन्तकहरू सित भेट्दै मन्त्री ठगुन्नाले धन्यवाद ज्ञापन गरेका छन । स्वागत समारोहमा बोल्दै मन्त्री ठगुन्नाले दार्चुलाबासी जनताले आफुलाई दिएको मतको कदर भएको धारणा व्यक्त गरे । उनले भने, "आफुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जस्तो महत्त्वपूर्ण जिम्मेवारी पाएको छु, यसमा खटेर काम गर्नेछु ।" उनले प्रधानमन्त्रीबाट आफुलाई महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भएकोमा खुसी व्यक्त गरेका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्ना आजै सदरमुकाम खलंगा जाने कार्यक्रम रहेको ऊनी निकट नेताहरूले बताएका छन।

प्रतिक्रिया