Wide Nepal News शनिबार २६, पुष २०८२ ११:४१

चितुवाको छाला बोक्ने धनगढीका युवकसहित ३ जना पक्राउ

Wide Nepal News
आइतबार, पुष २६, २०७७
चितुवाको छालासहित ३ जना पक्राउ परेका छन्। काठमाडौंको शंखमूलबाट दोलखा जिरी नगरपालिका ३ का २८ वर्षीय अर्जुन जिरेल, कैलाली धनगढी नगरपालिका ७ का २२ वर्षीय राज कँडेल र दोरी नगरपालिका ३ का ४८ वर्षीय जयबहादुर जिरेल छालासहित पक्राउ परेका हुन। उनीहरुको साथबाट एक थान चितुवाको छाला बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया