Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०१

म्याराथनमा नेपालकी पुष्पाले जितिन् स्वर्ण

Wide Nepal News
आइतबार, पुष २६, २०७७
बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन्। ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन। सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन। उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरिन। सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भइन। गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी थिइन। भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध छिन्। पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चौथो भइन। बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गरिन। दौडका क्रममा उनलाई चोट लागेपछि दौडमापछि पर्नुभएको प्रशिक्षक धनीराम चौधरीले जानकारी दिए। उनले १३औँ सागमा भने म्याराथनमा स्वण जित्नु भएको थियो। उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितिन। भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो भइन। रासस

प्रतिक्रिया