Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ००:१७

२९९ औं पृथ्वी जयन्ती गोकुलेश्वरसहित देशैभर विभिन्न कार्यक्रम गरि मनाइयो

Wide Nepal News
सोमबार, पुष २७, २०७७
गोकुलेश्वर । पृथ्वीनारायण शाहको २९९औं जयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार (आज) देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । सोही दिवसको अवसर पारेर गोकुलेश्वरमा पनि राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती मनाइएको छ । दार्चुला र बैतडीको सिमानाकामा पर्ने गोकुलेश्वर बजारमा युवा अभियन्ताहरूको अगुवाइमा दिप प्रज्वलन गरेर २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ मनाइएको अभियन्ता भुपेन्द्रसिंह मालले बताए । दिप प्रज्वलन कार्यक्रममा बोल्दै अभियन्ता मालले ससाना राज्यमा टुक्रिएको नेपाललाई एकीकरण गर्ने प्रमुख योद्धा पृथ्वीनारायण शाहलाई अहिले सरकारले कुनै महत्त्व नदिएको आरोप लगाए । "पृथ्वीनारायण शाह सबैका साझा निधि हुन । नेपाल एकीकरणमा उहाँले गर्नुभएको योगदान हरेक नेपालीले स्मरण गर्नु जरुरी छ ।" उनले भने, "सरकारले राष्ट्रियस्तरमा औपचारिक रूपमा विभिन्न कार्यक्रम गरि मनाउनुको साटो राजसंस्थाको अस्तित्व माथी प्रहार गरिरहेको छ । यो काम ओली सरकारले बन्द गर्नुपर्छ ।" सो समारोहमा गोकुलेश्वर क्षेत्रका व्यवसायी, बुद्धिजीवी एवं राजसंस्थाप्रति आस्था राख्ने अभियन्ताहरूको सहभागिता रहेको दिप प्रज्वलन समारोहका संयोजक भुपेन्द्रसिंह मालले जानकारी दिएका छन । पछिल्लो समय केपी ओली नेतृत्वको सरकारले मुलुकमा गलत गतिविधि गरेको भन्न्दै चर्को आलोचना हुँदैआएको छ भने राजसंस्थामा आस्था राख्ने थुप्रै समर्थकहरू सो कार्य रोक्न राजा फर्केर आउनुपर्ने धारणा राख्दै आएका छन ।

प्रतिक्रिया