ए ! युवा आउ तिमी तिम्रो खाँचो छ ,
देश विकास गर्नलाई युवा चाहेको छ ।।
नजाउ युवा विदेशतिर देश बनाऊ ,
आफ्नो रगत पसिनालाई देशमै बगाऊ ।।
नरङ्ग्याउ विदेशको धर्ती रगतले ,
देश बनाउ देश जोगाउ भन्छ नेपालले ।।
ए ! युवा न सुत दिउसैँ यसरी ,
देश निर्माण गर्नु छ हुदैन यसरी ।।
युवा हो देश बनाउने काम गर्नु छ ,
देश निर्माण गर्नलाई अघि सर्नु छ ।।
युवा वर्ग उठ जाग देश बनाउन ,
रित्तिदैछ देश हाम्रो ए ! युवा त्यसै नबस ।।
कवयित्री : आशुँ धामी, शिक्षिका (दार्चुला पब्लीक स्कुल खलंगा, दार्चुला )
प्रतिक्रिया