Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०८:२०

राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा

Wide Nepal News
बुधबार, जेठ १८, २०७९
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार आज राष्ट्रपति भण्डारीले पूजा आराधना गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले राससलाई जानकारी दिए । बडीमालिकाको पूजा सकेर राष्ट्रपति भण्डारी सुर्खेत फर्किएकी छन् । बडीमालिकामा राष्ट्रपति भण्डारीको आगमनले यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया