Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:५५

संसद पुनर्स्थापनाको खुसी मनाउदैँ नेपाली काङ्ग्रेस र (प्रचण्ड-माधव) समुहको गोकुलेश्वरमा संयुक्त बाजागाजा र दीप प्रज्वलन

Wide Nepal News
मङ्गलबार, फागुन ११, २०७७
सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय अन्ततः मंगलबार (आज) बदर गरेसङ्गै नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधव) समुह , नेपाली काङ्ग्रेस लगायतका दलहरूले खुसियाली व्यक्त गरेका छन । यतिबेला दार्चुलासहित देशका विभिन्न ठाउँहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने प्रयास असफल भएको र आफुहरूको जित भएको भन्दै अन्य दलहरू निकट नेता, कार्यकर्ताहरूले विभिन्न कार्यक्रमहरू गरि खुसी व्यक्त गरिरहेका छन । यसैबीच दार्चुलाको शैल्यशिखर नगरपालिका ०९, गोकुलेश्वरमा पनि मंगलबार साझ नेकपा (प्रचण्ड-नेपाल) समुह र नेपाली काङ्ग्रेसले संयुक्त रूपमा बाजागाजा र दीप प्रज्वलन गरेर खुसीयाली मनाएका छन । सर्वोच्च अदालतद्वारा प्रधानमन्त्रीको प्रतिगमनले हारेर आफुहरूको जित भएको र संसद पुनःस्थापना भएकोमा खुसी व्यक्त गर्न उक्त कार्यक्रमको आयोजना गरिएको नेपाल तरूण दल शैल्यशिखर नगरपालिकाका संयोजक सुरेश बिष्टले बताए । उनले सर्वोच्चले जनताको पक्षमा न्यायोचित निर्णय गरेकोमा अदालतलाई धन्यबाद समेत दिए । यहीँ पुष ५ गते प्रधानमन्त्री ओलीले (प्रचण्ड-माधव)आफ्ना बिरुद्द अविश्वासको प्रस्ताव दर्ता गर्न खोजिरहेको आरोप लगाउदै राष्ट्रपती विद्यादेवी भण्डारीको सिफारिसमा संसद विघटन गरेका थिए । त्यसयता अलगअलग भागमा विभाजन भएको नेकपाले एकअर्काप्रती दोषारोपण गर्दै आइरहेका छन ।

प्रतिक्रिया