Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:१६

गोकुलेश्वर बहुमुखी क्याम्पसको १३ औं वार्षिकोत्सब शनिबार सम्पन्न

Wide Nepal News
शनिबार, फागुन १५, २०७७
गोकुलेश्वर : सुदूरपश्चिम विश्वविद्यालय गोकुलेश्वर बहुमुखी क्याम्पसको १३ औं वार्षिकोत्सब तथा अभिभावक भेला शनिबार (आज) सम्पन्न भएको छ । क्याम्पस प्रमुख प्रदिपकुमार जोशीको अध्यक्षतामा सम्पन्न गरिएको वार्षिकोत्सब समारोहमा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्ट प्रमुख अतिथि रहेको कलेज प्रशासनले जानकारी दिएको छ । वार्षिकोत्सब समारोहमा विद्यार्थी, अभिभावक, कर्मचारी तथा बुद्धिजीवी वर्गको सहभागिता रहेको थियो । १३ औं वार्षिकोत्सब समारोहलाई गोकुलेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले खेलकुद तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरि धुमधामसित मनाएका हुन । वार्षिकोत्सब समारोहमा क्याम्पसले आयोजना गरेका विभिन्न खेलमा सहभागी भइ उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको क्याम्पस प्रशासनले बताएको छ । क्याम्पसका उप-प्राध्यापक धनीसिंह बिष्टले संचालन गरेको समारोहमा सोही क्याम्पसका उप-प्राध्यापक प्रेमबल्लभ जोशीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । वि.सं. २०६४ सालमा स्थापना भएको गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहमा अहिले शिक्षाशास्त्र संकाय, वाणिज्य संकाय, विज्ञान तथा प्रविधि संकाय र मानविकी संकायको र स्नातकोत्तर तहमा शिक्षा संकायको पढाइ हुँदै आएको छ ।

प्रतिक्रिया