Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:२६

दार्चुलामै स्वर्ग खोज्छन हिमालय

Wide Nepal News
शनिबार, फागुन १५, २०७७
दार्चुला : 'भिजिट दार्चुला-अ हिडन हेवन' झट्ट सुन्दा धेरैजसो लाई यो वाक्य नौलो लाग्न सक्छ । तथापी यो दार्चुला जिल्लाका पर्यटकिय संभावना बोकेका गन्तव्यहरुलाई देशविदेश सामु चिनाउने अभियानको नाम हो । अंग्रेजीमा 'भिजिट दार्चुला -अ हिडन हेवन' नाम दिइएको यस अभियानको अवधारणा महाकाली नगरपालिका, ३ जाइझुलका २३ बर्षिय युवा हिमालय भट्टले अघि सारेका छन । हिमालय विगत २ बर्षदेखि दार्चुलाका पर्यटकिय गन्तव्यहरुको प्रचारप्रसारमा ब्यस्त छन् । जिल्लामा रहेका विभिन्न पर्यटकिय क्षेत्रहरुको सामाजिक संजाल फेसबुक र इन्साटाग्राममा ‘भिजिट दार्चुला – अ हिड्न हेवन’ र 'फैरुवा' नामका पेज र आइडी बाट जिल्लाका विभिन्न पर्यटकिय गन्तव्यहरुको तस्बिर र भिडियो सामग्रीहरु पोष्ट गर्ने र जिल्लाका विभिन्न ठाउँमा आफ्नै लगानीमा होर्डिड बोर्ड, पोष्टर पम्पलेटहरु टाँसि पर्यटकिय क्षेत्रहरुका दृष्य राख्दै आएका छन् । उनी दार्चुलाका सुन्दर द्दश्य खिचि सामाजिक संजालमा पोष्ट मात्रै गर्दैनन्, जिल्लाको पर्यटनलाई प्रर्बद्दन गर्नको लागि आफ्नो भिजन समेत देखाउँछन । अहिले उनले संचालनमा ल्याएको फेसबुक पेजलाई झन्डै ३५ हजार प्रयोगकर्ताहरुले रुचाईसकेका छन् । उक्त पेजमा राखिएका द्दश्य सामग्रीहरु हेरेर जिल्ला बाहिरका ब्यक्तिहरुले समेत दार्चुला भ्रमणमा आउने गरेको र दार्चुला घुम्न रुचाएको प्रतिक्रिया दिईरहेको भट्ट बताउछन् । ''पहिलेपहिले नेपालमा दार्चुला भन्ने जिल्ला पनि छ र ? भन्नेहरु पनि भेटिन्थे, अहिले दार्चुला धेरैको रुचिको बिषय बनिसकेको छ ।'' उनले थपे, ''दार्चुलालाई सबैतिर चिनाउने उद्दे्श्यले नै 'भिजिट दार्चुला-अ हिडन हेवन' को जन्म भएको हो ।'' उनी भन्छन् ‘'लुकेका पर्यटकीय स्थलहरुलाई बिश्व सामु चिनाउन नेपाल सरकार कै ध्यान जानु पर्छ भन्ने छैन, पर्यटकीय क्षेत्रको विकास अनि प्रचार प्रसार मा स्थानीय तह, सरकारको सानो सहयोग पनि मिल्ने हो भने हाम्रा यी लुकेका स्वर्ग सरी ठाउँहरू विश्व सामु चिनाउनु कुनै गार्हो काम हो जस्तो लाग्दैन।’' दार्चुलामा पर्यटकिय गन्तव्यहरुको संख्या प्रचुर मात्रामा भएपनि सरोकारवालाहरुको बेलैमा ध्यान नपुग्दा कसैले चासो नगरेको उनको ठहर छ । हिमालयले पासा दह, दल्लेख, अपि बेस क्याम्प, खण्डेश्वरी, ब्याँस, मालिकार्ज्न लगायतका जिल्लाका दर्जनौं स्थान पर्यटकिय गन्तव्य बन्न सक्ने संभावना बोकेका क्षेत्र भएपनि प्रचाप्रसार र इच्छाशक्तीको अभावले पछि परेका छन । यी क्षेत्रहरुलाई सबैसामु चिनाउने जिम्मेवारी आफ्नो पुस्ताको भएको बताए । आफुले गरिरहेको काममा थप सघाउ पुग्ने अपेक्षा गर्दै यतिबेला उनी स्तरीय क्यामेरा किन्ने तयारी गरिरहेको बताउँछन । उनले त्यसका लागि चाहिने रकम आफ्ना शुभेच्छुकहरुबाट समेत सहयोग उठिरहेको बताए ।  जिल्लाका बृद्धिजिवि वर्ग, जनप्रतिनिधि, पत्रकार, नागरिक समाज सबैले आआफ्नो ठाउँबाट प्रचार प्रसारमा सघाउ पुर्याए दार्चुला घुम्न आउने आन्तरिक र बाह्रय पर्यटकहरुको संख्यामा बृद्धि हुने भट्टले औंल्याए । पटकपटक गुहार्दा समेत यधपी दार्चुलाका केही स्थानीय तहरुले यो कार्यमा आफुलाई कुनै सहयोग नगरेको गुनासो हिमालयको रहने गरेको छ । जिल्लामा अवस्थित बिभिन्न पर्यटकिय गन्तव्यहरु घुम्दै द्दश्यहरु खिच्ने गरेको तथा संजालमा राख्दै जाँदा भ्विअर्सले पेजलाई रुचाएको उनको भनाइ रहेको छ । आफुले दार्चुलालाई चिनाउने अभियान बोकि घुम्दै गर्दा मान्छेहरुले फेरुवा को संज्ञा दिएको र अहिले आफु फेरुवा हुन पाउदा खुसी लागेको उनको तर्क छ । पर्यटनको माधमबाट जिल्लालाई सबैतिर चिनाउने अभियानमा आफु रहेकाले यसमा सबैले साथ दिन हुन भट्टले आग्रह समेत गरेका छन । जिल्लाको पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धन एवं प्रचार प्रसारको कमी, ठाउँठाउँमा होमस्टेहरु संचालनमा आउन नसक्दा, जिल्लाको एक मात्रै गोकुुलेश्वर विमानस्थल संचालनमा नआउदाँ पर्यटकहरुको संख्यामा वृद्धिहुन सकेको छैन् ।

प्रतिक्रिया