Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४२

मालिकार्जुन मन्दिरका मुखिया एवं वडा अध्यक्ष धामीको मृत्यु

Wide Nepal News
सोमबार, फागुन १७, २०७७
गोकुलेश्वर । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको देशकै सातौँ धाम एवं धार्मीक पर्यटकिय स्थल मालिकार्जुन मन्दीरका मुखिया तथा वडा नम्बर ३ का वडा अध्यक्ष रुद्रेसिंह धामीको मृत्यु भएको छ । धामीको आज विहान मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडमा आफ्नै घरमा एक्कासी मृत्यु भएको मालिकार्जुन मन्दीर व्यवस्थापन समितिका सचिव जनक सिंह धामीले जानकारी दिएका छन । मालिकार्जुन मन्दीर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष धामीको विहान ६ बजेतिर ७८ बर्षको उमेरमा मृत्यु भएको परिवार स्रोतले बताएको छ । धार्मीक आस्थाको केन्द्र मालिकार्जुन मन्दिरका मुखिया समेत रहेका धामी जिल्ला भित्र र बाहिर परिचित व्यक्तित्व हुन । उनको निधनमा आफन्त, इस्टमित्र र शुभचिन्तकहरुले दुख व्यक्त गरेका छन् । आज उनको अन्तिम संस्कार गर्नुअघि श्रद्धाञ्जली सभाको आयोजना गरिएको आफन्तहरुले बताएका छन् ।

प्रतिक्रिया