Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:३५

डीआईजी सुवेदीको सहभागितामा गोकुलेश्वरमा प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम बुधबार सम्पन्न

Wide Nepal News
बुधबार, फागुन १९, २०७७
दार्चुला : समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दार्चुला र गोकुलेश्वर माध्यमिक विद्यालयको संयुक्त आयोजनामा प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम बुधबार (आज) सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदी समेतको सहभागिता रहेको प्रहरी-विद्यालय सम्पर्क कार्यक्रममा विद्यार्थीहरू सित लागू औषध दुर्व्यसन, साइबर अपराध लगायतका विविध विषयमा अन्तरक्रिया एवं छलफल गरिएको छ । पछिल्लो समयमा लागू औषध दुर्व्यसनी, साइबर अपराध र बलात्कारका घटनाहरू बढ्दै गएको बताउदै तिनको न्यूनीकरणका लागि विद्यार्थीहरूलाई सचेत गराउन समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको आयोजना गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक खगेन्द्रसिंह साउदले जानकारी दिएका छन । गोकुलेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रहरी-विद्यालय कार्यक्रममा गोकुलेश्वरका विद्यार्थी, कर्मचारी, जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी तथा नागरिक समाजको सहभागिता रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जानकारी दिएको छ । कार्यक्रममा डीआईजी सुवेदीले पछिल्लो समय सामाजिक संजालको दुरुपयोग र लागू औषध दुर्व्यसनी लगायतका आपराधिक क्रियाकलापले समाज गलत दिशामा गइरहेको औंल्याए । सहभागीहरू सित साक्षात्कार गर्दै डीआईजी सुवेदीले भागरथी हत्याकाण्ड देखि आफ्नै तीन महिने छोरालाई मार्ने बुवाको प्रसङ्ग जोड्दै यस्ता घटनाहरू न्यूनीकरणका लागि सबैलाई सचेत रहन आग्रह गरेका छन । प्रहरी-विद्यालय कार्यक्रममा सुदूरपश्चिम प्रदेशका डीआईजी सुवेदीसहित प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा, जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी मनोहर भट्ट, शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्ट, सोही नगरपालिकाका अधिकृत भोजराज भट्ट, गोकुलेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रदीपकुमार जोशी, गोकुलेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगदीश बिष्ट लगायत विद्यार्थी, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, बुद्धिजीवीहरूको सहभागिता रहेको प्रहरी निरीक्षक साउदले बताएका छन । 

प्रतिक्रिया