Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:३६

दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु, चार घाइते

Wide Nepal News
शनिबार, फागुन २२, २०७७
दार्चुला । दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक करन नाथ, गाडीधनी पदम पन्त र पन्तका आमा सुनादेबी पन्त रहेको घटनास्थलबाट जानकारी पाप्त भएको छ । गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ब ३ ज १६९३ नम्बरको नयाँ जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट, बन्स्याडीमा दुर्घटना हुदा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ । जीपमा सवार अरु चार जना घाइते रहेको स्थानीय रमेश धामीले बताए । घाइतेहुनेहरुमा बुद्धिपल्ल्ब पन्त, गंगा पन्त, मुकेस पन्त र बसन्त पन्त रहेको बताइएको छ । दुर्घटनामा परेको जीप गोरसपात होटल गोकुलेश्वरका सञ्चालक पदम पन्तको नयाँ जीप रहेको स्थानीयले बताएका छन् । सडकबाट भण्डै डेढ सय मिटर तल खसेको जीप क्षत विक्षत भएको छ । दुर्घटनापछि पन्त परिवार शोकमा डुबेको छ । अहिले स्थानीय र प्रहरीको सहयोगमा उद्धारकार्य भइरहेको छ । घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया