Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४१

टिकटकमा भाइरल बन्यो ‘मनरुन्छ धुरुक्क’ (भिडियो सहित)

Wide Nepal News
शनिबार, फागुन २२, २०७७
कर्णाली तुरुक्क, सेतीको बगन्या पानी मन रुन्छ धुरुक्क, गए दिनका कुरा सम्झी..... तीन दिनदेखि यो गीतमा अभिनय गरेर भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) मा भिडियो अपलोड गर्नेको संख्या बढेको छ । यही गीतमा मात्रै अभिनय गरेर टिकटकमा अपलोड हुन थालेपछि टिकटक प्रेमीका लागि गीत लोकप्रिय बनेको छ। सुदूरपश्चिमको ‘टिपिकल’ डेउडा गीतमा अभिनय गरेर भिडियो अपलोड गर्दा धेरै ‘भ्यूज’ बढ्न थालेपछि सामाजिक सञ्जालमा ‘मन रुन्छ धुरुक्क’ एल्बमका आठवटा टुक्का भाइरल बनेका हुन्। डोटीको शिखर नगरपालिका–९ सुण्ड गाउँका भरत भट्टले संकलन गरेर स्वर दिएको ‘मन रुन्छ धुरुक्क’ गीतमा अभिनय गरेर पछिल्ला तीन दिन यता सामाजिक सञ्जाल भरिएको डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ बताउँछन्। ‘लोक लयमा आधारित र सुन्दा मिठासपूर्ण शब्द रहेकाले पनि यो गीत छोटो समयमै सामाजिक सञ्जालमार्फत् भाइरल भएको छ,’ गायक रावत भन्छन, ‘सुदूरपश्चिमका अधिकांश मानिस रोजगारीका लागि भारत जाने र त्यहाँ घर परिवार सम्झँदा लाग्ने बेदनालाई शब्दमा उतारिएका कारण पनि गीत बढी भाइरल बनेको हो।’ गायक भट्टले भारतमा रोजगारी गर्नेहरुका पीडा र बेदनालाई शब्द संकलन गरेका छन्। ‘यो गीतमा मैले बाल्यकालका झल्को दिने शब्द राख्नुका साथै परदेशीका बेदनालाई ल्याएको छु,’ उनले भने, त्यसैले पनि गीत छोटो समयमा भाइरल बनेको हुन सक्छ।’ गीतमा मादलको तालभन्दा पनि डेउडा गाउँदा बजाइने ढोलको तरंगलाई ‘व्याकराउण्ड’ उतारेका कारणले मीठास भएको हुन सक्ने उनी आँकलन गर्छन्। ‘प्रायः डेउडा गीतमा मादल, हारमोनी, तबला, सारंगी र बाँसुरीको धुन दिइन्छ, तर मैले भने ढोलको तरंगलाई ल्याएको छु,’ उनीले भन्छन, ‘त्यसले पनि संगीतमा मीठास भरिएको हुन सक्छ।’ पुरानो लयलाई फ्युजन गरेर टिपिकल कल्चरलाई संगीतको बजारमा ल्याएको उनले बताए । फुर्सदको समयमा फुर्सदिलो हुँदा पुराना लयलाई संकलन गरेर सांगितिक बजारमा नयाँ खालको गीत ल्याउँदा राम्रै भ्युज पाएको उनको तर्क छ । भट्टले ६ दिनअघि आफ्नै युट्युव च्यानल ‘एल के प्रोडक्सन’मार्फत् गीत बजारमा ल्याएका हुन्। बजारमा ल्याएको ६ दिनमै ७२ हजारले युट्युवमार्फत् हेरिसकेका छन् भने १ लाख बढीले टिकटकमा अभिनय गरेर अपलोड गरिसकेका छन् । भिडियो हेर्न यो लिंकमा जानुहोस् https://youtu.be/b6Ka53fwU4I

प्रतिक्रिया