Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४७

१११ औं अन्तर्राष्ट्रिय नारी दिवस शैल्यशिखरमा विभिन्न कार्यक्रम गरि सम्पन्न

Wide Nepal News
सोमबार, फागुन २४, २०७७
गोकुलेश्वर : ‘महिला नेतृत्व : कोभिड १९ सँगै समान भविष्यको प्राप्ती’ भन्ने १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपालसहित विश्वभरि महिलाहरूले हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै विभिन्न कार्यक्रमहरू गरि अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै आएका छन । सोही अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरमा पनि अन्तर्राष्ट्रिय नारी दिवस सोमबार (आज) विभिन्न कार्यक्रमहरू गरि मनाइएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शैल्यशिखर नगरपालिका, महिला विकास शाखाको आयोजना तथा नगरपालिकाका ९ वटै वडाका महिला संजालहरूको सहभागितामा गोकुलेश्वरमा झाकी प्रदर्शन र देउडा प्रतियोगिता समपन्न गरिएको शैल्यशिखर नगरपालिकाका महिला विकास निरीक्षक रजनी पाल (चन्द)ले बताएकी छन । महिला विकास निरीक्षक चन्दले यस वर्षको नारी दिवसको अवसर पारेर शैल्यशिखर नगरपालिका, महिला विकास शाखाको आयोजना रहेको झाकी प्रदर्शन तथा देउडा प्रतियोगितामा नगरपालिका भरिका महिलाहरूले भाग लिएको बताएकी छन । आज भएको झाकी प्रदर्शनमा वडा नम्बर ५ को सिर्जनशील महिला संजाल प्रथम, वडा नम्बर ७ प्रगतिशील महिला संजाल द्वितीय र आदर्श महिला संजाल वडा नम्बर ३ ले तृतीय स्थान प्राप्त गरेको बताइएको छ । यसैबिच आजै सम्पन्न नगरपालिकास्तरीय देउडा प्रतियोगितामा वडा नम्बर ७ कि पार्वती धामीले प्रथम स्थान प्राप्त गरिन भने वडा नम्बर ३ कि इन्द्रा बिष्टले द्वितीय स्थान र तृतीय स्थान वडा नम्बर ९ कि मानमती पन्तले प्राप्त गरेको महिला विकास निरीक्षक चन्दले वाइड नेपाल न्युजलाई जानकारी दिएकी छन ।

प्रतिक्रिया