Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:२८

'समुदायमा सरकारी वकिल कार्यक्रम' गोकुलेश्वरमा आज.....

Wide Nepal News
मङ्गलबार, चैत ०३, २०७७
गोकुलेश्वर : जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाद्वारा संचालित 'समुदायमा सरकारी वकील कार्यक्रम' मंगलबार (आज) गोकुलेश्वर बहुमुखी क्याम्पसमा सम्पन्न गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाका सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालको सहभागितामा 'समुदायमा सरकारी वकिल कार्यक्रम' आयोजना गरिएको हो । समुदायका आम जनमानसमा नेपालको कानुनसम्बन्धि जानकारी दिन र समुदायमा जनचेतना फैलाउन सो कार्यक्रमको आयोजना गरिएको जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाका नायव सुब्बा गौरसिंह महरले जानकारी दिएका छन । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाका सहायक न्यायाधिवक्ता खनालले सहभागीहरू सित अन्तरक्रिया एवं छलफल गरेका थिए । गोकुलेश्वर बहुमुखी क्याम्पसको सभाहलमा आयोजित 'समुदायमा सरकारी वकिल कार्यक्रम' मा करिब ६५ जनाको सहभागिता रहेको जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाका नायब सुब्बा महरले बताएका छन ।

प्रतिक्रिया