भाग्य त्यसको पनि हुन्छ जसको हात हुँदैन !
Wide Nepal News
शनिबार, चैत ०७, २०७७
१.) जसरी जरा बिना रुख हुँदैन कुनै पात हुदैन ।
हो त्यस्तै परिश्रमबिना खुसीको बर्षात हुँदैन ।
तपाईं हातको रेखा हेर्दै भाग्य नकोट्याउनुस ,
भाग्य त्यसको पनि हुन्छ जसको हात हुँदैन ।
२.) एकदुई भनेर गनिगनी कमाउनु पर्छ ।
गरिब होस चाहे धनी कमाउनु पर्छ ।
कति स्वार्थी भयो सन्सार बुझ्नै गाह्रो ,
घाट लैजाने मलामी पनि कमाउनु पर्छ ।
३.) सके जति लागाएर जोर प्रतिस्पर्धा गर्नुपर्छ ।
रात दिन नभनी घोर प्रतिस्पर्धा गर्नुपर्छ ।
आमालाई मात्र हो रोएर जित्न सकिने ,
दुनियाँ जित्न त कठोर प्रतिस्पर्धा गर्नुपर्छ ।
४.) चोटहरुले गर्छ खुशी आव्हान यति बुझ्नुहोला ।
बनाई प्रतिष्ठित दिन्छ सम्मान यति बुझ्नुहोला ।
एकचोटि टुट्दैमा सब सकियो सोच्नेहरु ,
टुक्राएरै ढुङ्गा बन्छ भगवान यति बुझ्नुहोला ।
५.) संसारमा सबैभन्दा छन महान सहजै भनिदिए ।
मेरो मान मर्यादा र हुन सम्मान सहजै भनिदिए ।
आमा बा ठुला या भगवान कसैले प्रश्न गर्यो,
मेरा लागी बाआमा नै हुन भगवान सहजै भनिदिए ।
( - डम्मर कार्की, युवा शाहित्यकार
दोगडाकेदार गाँउपालिका ०६, खोचलेक, बैतडी । )
प्रतिक्रिया