Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:११

यी हुन् विश्वका सर्वाधिक प्रतिष्ठित प्रविधि कम्पनीहरु

Wide Nepal News
शनिबार, चैत ०७, २०७७
फर्च्युन म्यागेजिनले हालै विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा धेरै प्रविधि कम्पनीहरुले आफ्नो स्थान सुरक्षित गरेका छन् भने अमेरिकी कम्पनी एप्पल पहिलो स्थानमा पर्न सफल भएको छ । विश्वका ३ हजार ८ सय भन्दा धेरै कर्पोरेट क्षेत्रका कार्यकारीहरु, निर्देशक तथा विश्लेषकहरुसँगको सर्वेक्षणबाट फर्च्युनले यस्तो सूची तयार पारेको हो । फर्च्युनको सूचीमा रहेका विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुमध्ये प्रविधि क्षेत्रका सर्वाधिक प्रतिष्ठित १५ कम्पनी यस्ता छन् : १.) एप्पल : पछिल्लो १४ वर्षदेखि अमेरिकी कम्पनी एप्पल लगातार विश्वको सर्वाधिक प्रतिष्ठित कम्पनीको सूचीमा पहिलो स्थानमा रहँदै आएको छ र यो पटक पनि त्यसलाई कायम राखेको छ । २.) अमेजन : विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीको सूचीमा अमेजन कम्पनी दोश्रो नम्बरमा रहेको छ । ३.) माइक्रोसफ्ट : सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीको तेश्रो स्थान पनि प्रविधि कम्पनीले कब्जा गरेको छ र उक्त स्थानमा माइक्रोसफ्ट कम्पनी रहेको छ । ४.) अल्फाबेट : गुगल मातृ कम्पनी विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा सातौँ स्थानमा छ भने प्रविधि जगतमा चौथो स्थानमा छ । ५.) सेल्सफोर्स : अमेरिकी सफ्टवेयर कम्पनी सेल्सफोर्स विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा १२ औँ स्थानमा रहेको छ । ६.) एसेन्चर : आइरिस कम्पनी एसेन्चर विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ३३औँ स्थानमा छ । ७.) एनभिदिया : अमेरिकी चिप निर्माता कम्पनी एनभिदिया विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ३७औँ स्थानमा छ । ८.) एडोब : सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा एडोब कम्पनीले आफुलाई ४०औँ स्थानमा राख्न सफल भएको छ । ९.) आइबिएम : अमेरिकी कम्पनी आइबिएम विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ४१औँ स्थानमा छ । १०.) सामसुंग : दक्षिण कोरियाली कम्पनी सामसुंगले आफुलाई टप ५० भित्र राख्न सफल भएको छ र विश्वका सर्वाधिक लोकप्रिय कम्पनीहरुको सूचीमा ४९ औँ स्थानमा रहेको छ । ११.) पे पल : अनलाइन पेमेन्ट कम्पनी पेपल विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ५०औँ नम्बरमा रहेको छ । १२.) एक्टिभिजन : गेमिंग कम्पनी एक्टिभिजन विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ५३औँ स्थानमा रहेको छ । १३.) एएमडी : चिप निर्माता कम्पनी एडभान्स्ड माइक्रो डिभाइसेज विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ५५औँ स्थानमा परहेको छ । १४.) अलिबाबा : चिनिया बहुराष्ट्रिय प्रविधि कम्पनी अलिबाबा विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ६१औँ नम्बरमा रहेको छ । १५.) अमेरिका मोविल : मेक्सिकोस्थित टेलिकम कम्पनी अमेरिका मोविल विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ६४ औँ स्थानमा रहेको छ । -एजेन्सी

प्रतिक्रिया