Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:३०

'क्या दिएई गणतन्त्र तैंले, दुनियाँ हसाएई'

Wide Nepal News
आइतबार, चैत ०८, २०७७
नीति हरायो राजनितीको, नैतिकता नेताको । न्याय हरायो अदालत को, भरोसा जनताको ।। अख्तियार बन्धक बन्यो, न्यायमुर्ती गोटी । नेतानका कम्पनी जसा, एई देश का पार्टी ।। इसारा माइ आयोग चल्न्या, गणतन्त्र इसोई छ । नैत नियम नैत कानुन, बलिया कि बसाई छ ।। कर्म भुल्ने कर्मचारी, गन भुल्ने सिकारी । नीति भुल्ने राजनेता, यी त हुन बिकारी ।। पालै पालो सडकमाइ, हुल का हुल निस्क्या छन । खेल चल्या झैं फुटवल को, दुनियां हेय्रा छन ।। क्या का लागि यो गाईजात्रा, जो आयो उसाइ हुन । लोभी पापी भ्रष्टाचारी, अपराधी जसाई हुन ।। बर्दीया का बाघ जसा, माँसाहारी नेता । सौंराहा का हात्ती जसा, मोटायाका नेता ।। भाषण यिन्को बिकाश को, सम्पती जलौंन्या । बाँचा यिन्को सम्बृधी को, गरीब लाई रुऔंन्या ।। दीन का दीन सडकमाइ, मन पर्दी करौंन्या । पेसा धन्दा गर्न्यां जति, जाँ का ताई डरौंन्या ।। आफै बोक्सी आफै धामी, हेर्न रमाईलो छ । सुवा रटाई सडक माई, भेडान्को गोईरो छ ।। जन्तापन पटमुर्खै हुन, हुल का हुल दौंड्याछन । बिवेक माथी बिर्को कसी, नौंटँकी बन्यांछन ।। राम नाम जपि भजन गाउंन्या, सुवा कि रटान छ । जाँ हरियो ताई दौंडन्यां, झोल्यान्की बथान छ ।। सत्ता पक्ष पालै पालो, य्राली निकाल्दै छ । प्रतिपक्ष गहिरो निन्द्रा, सपना बुन्दैछ ।। योई होकि राजनिती तिम्रो, कुटनिती आखिर । दुएई हातमाई लड्डु समाई, कुर्सी का खातिर ।। इसोई होकि राजनिती कपटी कुटनिती । मौंका हेरी चौका हान्न्यां, फेला पय्रा जति ।। तानातान छ सत्ता कि लाई, नेता कुर्सी भोगी । जन्ता लाई पटमुर्ख बनाई, नेता बन्यां ढोगी ।। क्या दिएई गणतन्त्र तैले, दुनियां हसाएइ । कल्पना का सागरमाइ नेपाल डुबाएइ ।।
  • खडक बम  (कालापानीबाट साभार)

प्रतिक्रिया