Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:३५

गोकुलेश्वरका प्रहरी निरीक्षक साँउदको बिदाइ, बम आउँदै

Wide Nepal News
बिहिबार, बैशाख ०२, २०७८
दार्चुला : इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी इन्चार्ज तथा प्रहरी निरीक्षक खगेन्द्रसिंह साँउदको बिदाइ गरिएको छ । वि.सं.२०७६ सालको पुस महिनादेखि इलाका प्रहरी कार्यालय गोकुलेश्वरको जिम्मेवारी सम्हालेका साँउदको जिल्ला प्रहरी कार्यालय धनगढीमा सरुवा भएको हो । १७ महिना गोकुलेश्वरको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक साँउदको बिहीवार (आज) इलाका प्रहरी कार्यालय गोकुलेश्वरले एक समारोहका बिच बिदाइ गरेको छ । 'वाइड नेपाल न्युज' सितको कुराकानीमा प्रहरी निरीक्षक साँउदले आफ्नो गोकुलेश्वर बसाइ सुखद एवं सम्झन योग्य बितेको बताउदै आफ्नो गोकुलेश्वर बसाइमा साथ दिने र सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका छन । प्रहरी निरीक्षक साँउद इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा रहदासम्म उनको नेतृत्वमा खटिएको टोलिले शैल्यशिखर नगरपालिका २, को चन्द हत्या प्रकरण देखि लेकम गाउँपालिका ४, को पाल हत्या प्रकरण सहित हत्या, बलात्कार, झैझगडा लगायतका दुई दर्जन बढी जघन्य अपराधको अनुसन्धान गरि दोषी पत्ता लगाउन सफल रहेका थिए । उनले 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत आफ्नो इलाका भित्र रहेका सबै ठाउँमा पुग्दै समुदायमा जनचेतनामूलक अभियान समेत संचालनमा ल्याएका थिए । यसैबीच साँउदको बिदाइ पछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा नयाँ प्रहरी इन्चार्जका रूपमा इलाका प्रहरी कार्यालय टिकापुरबाट सरुवा भइ प्रहरी निरीक्षक अरुण बम आउने भएका छन ।

प्रतिक्रिया