Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४६

नेविसंघ दार्चुलाद्वारा गोकुलेश्वर प्राथमिक अस्पतालमा फलफूल वितरण

Wide Nepal News
सोमबार, बैशाख ०६, २०७८
गोकुलेश्वर : नेपाल विद्यार्थी संघ दार्चुला जिल्ला कार्यसमितिद्वारा गोकुलेश्वर प्राथमिक अस्पतालमा फलफूल वितरण गरिएको छ । सोमबार (आज) नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसर पारेर गोकुलेश्वर प्राथमिक अस्पतालमा फलफूल वितरण गरिएको नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति दार्चुलाका सदस्य कृष्णसिंह रावलले जानकारी दिएका छन । विद्यार्थी नेता रावलका अनुसार गोकुलेश्वर प्राथमिक अस्पतालमा उपचार गरिहेका बिरामी, बालबालिका र            वृद्धवृद्दाहरूलाई फलफूल वितरण गरेको बताइएको छ । ५२ वर्ष लामो इतिहास बोकेको नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसर पारेर स्थापना दिवसलाई नेविसंघका नेता/कार्यकर्ताहरूले दार्चुला सहित देशभर विभिन्न कार्यक्रम गरि मनाएका छन ।

प्रतिक्रिया