Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:५५

दार्चुलामा यार्सागुम्बा संकलनको लागि संकलन अनुमति खुला

Wide Nepal News
मङ्गलबार, बैशाख ०७, २०७८
दार्चुला : अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यो वर्षको यार्सागुम्बा संकलनको लागि संकलन अनुमति खुला गरेको छ । संरक्षण क्षेत्र कार्यालय दार्चुलाले आगामी जेठ दोस्रो सातादेखि सुरु हुने यार्सागुम्बा संकलनको लागि संकलन अनुमति खुला गरेको हो । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार यार्सागुम्बा टिप्न जानेहरुले संकलन इजाजत पत्र सदरमुकाम खलंगास्थित अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालय, राप्ला सेक्टर कार्यालय सुनसेरा, खण्डेश्वरी सेक्टर कार्यालय लटिनाथ, खण्डेश्वरुी रेन्जपोष्ट, विटुले रेन्जपोष्ट, खार रेन्जपोष्ट, व्यास रेन्जपोष्ट, सिप्टी, पारिबगर र श्रीवगड पोष्टबाट संकलन इजाजत पत्र पत्र प्राप्त गर्न सक्ने छन। यार्सा संकलन इजाजपत पत्र लिदा यार्सागुम्बा संकलन कार्यविधी अनुसार शुल्क लाग्ने संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत सन्तबहादुर मगरले बताएका छन । सहायक संरक्षण अधिकृत मगरका अनुसार सम्बन्धित क्षेत्रका व्यक्तीले प्रति व्यक्ति ५ सय, संरक्षण क्षेत्रबाहिर तर जिल्लाभित्रका संकलकको लागि २ हजार र जिल्लाबाहिरका संकलकहरुको लागि ३ हजार रुपैयाँ इजाजतको लागि तिर्नुपर्ने छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाका र व्यास गाउँपालिकाका एक दर्जन बढि पाटनहरुमा हरेक वर्ष एक महिना यार्सागुम्बा संकलन हुने गर्दछ । हिमाली क्षेत्रका जनताको आम्दानीको मुख्य स्रोतका रुपमा यार्सागुम्बा रहँदै आएको छ । जिल्लाबाट हरेक वर्ष ४ देखि ६ क्वीन्टलसम्म यार्सागुम्बा ढुवानी हुने गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया