Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:५५

शैल्यशिखर र नौगाड पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Wide Nepal News
मङ्गलबार, बैशाख ०७, २०७८
दार्चुला : जिल्लाको शैल्यशिखर नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शैल्यशिखर नगरपालिकाको सभाहलमा मंगलबार (आज) एक समारोहको आयोजना गरि नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । नगरपालिकाले "पुर्ण खोप, सुरक्षित भविष्य" भन्ने नारालाई आत्मसाथ गर्दै सम्पुर्ण वडामा रहेका जन्मेदेखि  १५ महिना र १६ महिनादेखि २३ महिनाका बालबालिकालाई सबै प्रकारका खोपहरुको पहँुचमा रहेको र वडाहरुमा सो सम्बन्धि सबै मापदण्ड पूरा गरिएपछि पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको शैल्यशिखर नगरपालिकाका खोप समन्वय समितीका फोकल प्रशन धनदेव जोशीले जानकारी दिएका छन ।

नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा शैल्यशिखर नगरपालिकाका उपप्रमुख राजमती बम (पाल) को अध्यक्षतता रहेको थियो भने शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भोजराज भट्ट प्रमुख अतिथि रहेका थिए । पुर्ण खोप घोषणा कार्यक्रममा नौवटै वडाका वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको बताइएको छ ।

यसैबिच जिल्लाको नौगाड गाँउपालिकालाई पनि पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाँउपालिकाका सबै वडाका सम्पुर्ण बालबालिकालाई खोपको पहुँचमा भएकाले गाँउपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताइएको छ । आज नौगाड गाँउपालिकाका अध्यक्ष तथा खोप समन्वय समिति संयोजक प्रेमसिंह धामीको अध्यक्षतामा एक समारोको आयोजना गरि गाँउपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नौगाड गाँउपालिकाका स्थानिय प्रकाशसिंह धामीले बताएका छन ।

प्रतिक्रिया