Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०३

नेपाल बैंक लि.को गोकुलेश्वर शाखा विस्थापित बनेको १८ वर्षपछि पुनस्थापना हुदै

Wide Nepal News
आइतबार, बैशाख १२, २०७८
दार्चुला : नेपाल बैंक लिमिटेडको गोकुलेश्वर शाखा विस्थापित बनेको १८ वर्षपछि पुनस्थापना हुने भएको छ । मुलुकमा वि.सं. २०५९/६० सालको सशस्त्र द्वन्द्वका कारण बन्द रहेको नेपाल बैंक लिमिटेडको गोकुलेश्वर शाखा अन्ततः पुनस्थापना हुन लागेको छ । वि.सं. ०५९/६० सालभन्दा पहिले गोकुलेश्वर क्षेत्रको एकमात्र बैंकको रूपमा रहि सेवा दिदै आएको उक्त बैंक गोकुलेश्वरमा १८ वर्षपछि पुनः संचालनमा आउन लागेको हो । उक्त समयमा सशस्त्र द्वन्दका कारण विस्थापित बन्दा डडेल्धुरा सरेको नेपाल बैंक लिमिटेडको गोकुलेश्वर शाखा तत्कालीन समयमा एकमात्र बैंकमा रूपमा रहेको थियो । वि.सं.२०७८ सालको जेठ महिनाको पहिलो साता बाट संचालनमा आउने गरि अहिले सजावटको काम अन्तिम चरणमा पुगेको नेपाल बैंक लिमिटेड डडेल्धुरा शाखाका प्रबन्धक रामचन्द्र जोशीले जानकारी दिएका छन । विगतमा गोकुलेश्वर क्षेत्रको पहिलो र एकमात्र बाणिज्य बैंकका रूपमा रहेको नेपाल बैंक लिमिटेडको गोकुलेश्वर शाखा पुनः संचालनको तयारी रहेको बताउदै प्रबन्धक जोशीले नयाँ वर्ष २०७८ को जेठ महिनादेखि सेवाग्राहीमाझ आउने तयारी भइरहेको बताए । “नेपाल बैंक लिमिटेड गोकुलेश्वर शाखाका लागि सो बैंकका अहिले गोकुलेश्वरका एकजना व्यवसायीको घर भाडामा लिइ सजावटको काम भइरहेको छ । बैशाख महिनाभित्र नै उक्त कार्य सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ“ प्रबन्धक जोशीले थपे, “ नेपाल बैंक लिमिटेड यस क्षेत्रको एकमात्र सरकारी बैंकका रूपमा हुनेछ भने यस बैंकबाट हामी सक्दो चाडो गोकुलेश्वरमा सेवा शुरु गर्ने योजनासहित अघि बढेका छौ । यो बैंक संचालनमा आउँदा ग्राहकले छिटोछरितो र भरपर्दो रूपमा सेवा पाएको अनुभूति गर्नुहुनेछ ।“ गोकुलेश्वरमा पहिलोपटक एटीएम सहित उक्त बैंक संचालनमा आउँदा सेवाग्राहीले समेत खुसी व्यक्त गरेका छन ।

प्रतिक्रिया