Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०१

इलाका प्रहरी कार्यालय गोकुलेश्वरद्वारा कोरोना रोकथाम सम्बन्धि जनचेतनामूलक र्‍याली

Wide Nepal News
सोमबार, बैशाख १३, २०७८
गोकुलेश्वर : इलाका प्रहरी कार्यालय गोकुलेश्वरको आयोजनामा गोकुलेश्वर बजारमा कोरोना भाइरस रोकथाम सम्बन्धि जनचेतनामूलक र्‍याली निकालिएको छ । सोमबार आज 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख तथा प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा खटिएको टोलिले नेपाल सहित बिश्वभर कोरोना भाइरसको दोस्रो लहर शुरु भएसंगै गोकुलेश्वर बजारमा कोभिड-१९ सम्बन्धि जनचेतना फैलाउन प्लेकार्ड सहित र्‍याली निकालिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । प्रहरी निरीक्षक बमले गोकुलेश्वर बजारमा बिना मास्क भेटिएका मानिसहरुलाई मास्कको अनिवार्य प्रयोग गर्न सुरक्षित रहन आग्रह गरेका छन ।

प्रतिक्रिया