Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०८

गोकुलेश्वर बहुमुखी क्याम्पसले भर्चुअल कक्षा संचालन गर्दै

Wide Nepal News
मङ्गलबार, बैशाख १४, २०७८
गोकुलेश्वर : कोरोना भाइरसको दोस्रो लहर नेपाल सहित विश्वव्यापी रूपमा फैलिदै गएपछी नेपाल सरकारले शिक्षणसंस्था बन्द गर्ने निर्णय गरेको छ । विद्यार्थीको भौतिक उपस्थितिमा संचालन भइरहेका कक्षाहरू बन्द भएपछि सुदूरपश्चिम विश्वविद्यालय गोकुलेश्वर बहुमुखी क्याम्पसले अनलाइन/भर्चुअल कक्षा संचालन गर्ने तयारी गरेको छ । क्याम्पसले मंगलबार एक सुचना जारी गर्दै आउदो बैशाख २२ गतेदेखि अनलाइन कक्षा शुरु गर्ने जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय कार्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा भइरहेको पठनपाठन तत्काल रोकेर वैकल्पिक माध्यमबाट कक्षा संचालन गर्न पत्राचार गरेको थियो । सोहीअनुरूप सुदूरपश्चिम विश्वविद्यालय गोकुलेश्वर बहुमुखी क्याम्पसले पनि भौतिक उपस्थितीमा संचालन भइरहेका कक्षा बन्द गरेर बैशाख २२ गतेदेखि अनलाइन कक्षा शुरु गर्ने तयारी गरेको क्याम्पस प्रशासनले जनाएको छ । भौतिक उपस्थितिमा संचालन हुने कक्षाहरू भर्चुअल विधिबाट चलेपनी क्याम्पसले प्रशासनिक गतिविधि भने स्वास्थ्य मापदण्ड पालना गर्दै बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सुचारु रहने गोकुलेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रदिपकुमार जोशीले जानकारी दिएका छन ।

प्रतिक्रिया