Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:५७

अखिल क्रान्तिकारीको शैल्यशिखर संयोजकमा बिष्ट

Wide Nepal News
बुधबार, बैशाख १५, २०७८
दार्चुला : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को शैल्यशिखर नगर कमिटी संयोजकमा विद्यार्थी नेता नवीन बिष्ट चयन भएका छन । अनेरास्ववियु क्रन्तिकारी दार्चुला जिल्ला कामटीको भर्चुअल माद्यमद्दारा आज बसेको विस्तारित बैठकले नेता बिष्टलाई नगर संयोजकको जिम्मेृवारी दिइएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका केन्द्रिय सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज अशोकसिंह धामीले जानकारी दिएका छन । बुधबार (आज) अखिल क्रान्तिकारीको बिस्तारित बैठक दार्चुला जिल्ला संयोजक राजेन्द्रसिंह डाँगाको अध्यक्षतामा बसेको थियो । बैठकमा अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष विजय गौतम सहित विद्यार्थी नेताहरु पदम जोशी, दिपक जोशी, मदन भूल, अशोकसिंह धामीको सहभागिता रहेको जनाइएको छ । आज बसेको भर्चुअल बैठकले शैल्यशिखरमा बिष्ट सहित जिल्लाको अपि हिमाल गाँउपालिकामा अशोक धामीलाई संयोजकको जिम्मेवारी दिइएको छ यस्तै हरीश सार्कीले लेकम गाँउपालिकाको संयोजकको जिम्मेवारी पाएका छन भने बैठकले आगामी जेठ २४ गते अनेरास्ववियु क्रन्तिकारीको वृहत जिल्ला सम्मेलन गर्ने निर्णय गरेको अनेरास्ववियु क्रन्तिकारीका नेता धामीले बताएका छन ।

प्रतिक्रिया