Wide Nepal News शनिबार ०८, मङि्सर २०८१ ०६:५४

शैल्यशिखर नगरपालिकामा निषेधाज्ञा जारी गर्न सिफारिस

Wide Nepal News
बिहिबार, बैशाख १६, २०७८
दार्चुला : जिल्लाको शैल्यशिखर नगरपालिकामा निषेधाज्ञा जारी गर्न सिफरिस गरिएको छ । शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीको सचिवालयका अनुसार वडा नं. ९ नायलका ४ जना र वडा नं.६ ग्वानीका १ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएपछि शैल्यशिखर नगरपालिकामा बिहिबार राति ९ बजेबाट लागू हुने गरि एक हप्ताका लागि निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको शैल्यशिखर नगरपालिकाले जनाएको छ । नगरपालिकद्दारा जिल्ला प्रशासन कार्यालय दार्चुलालाई गरिएको सिफरिसमा निषेधाज्ञा अवधिभर नगरपालिका भरिमा अत्यावश्यक सेवा बाहेक आवतजावत र अन्य सम्पूर्ण सेवाहरु संचालनमा समेत रोक लगाइने नगरपालिकाले जनाएको छ । यस्तै दार्चुलाको मार्मा र ब्याँस गाउँपालिमा पनि निषेधाज्ञा जारी गरिएको छ । मार्मा गाउँपालिकाका दुइ जना स्वास्थ्यकर्मीमा र ब्यास गाँउलिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि मार्मा गाउँपालिका भरि एक हप्ता र व्यास गाउँपालिका वडा नम्बर ६ मा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा अवधिमा उक्त क्षेत्रमा अत्यावश्यका काम र सेवा लिन मात्रै घर बाहिर निस्कन पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । निषेधाज्ञाको अवज्ञा गरेको पाईए संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गरिने प्रशासनले बताएको छ ।

प्रतिक्रिया