Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:५८

गोकुलेश्वर अस्पतालका ७ सहित दार्चुलामा एघार जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

Wide Nepal News
शुक्रबार, बैशाख १७, २०७८
दार्चुला । विहिबार र शुक्रबार गरि दार्चुला जिल्लामा दुइ दिनमा गरिएको परिक्षणमा जिल्लामा कार्यरत ११ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार (हिजो) गरिएको एन्टीजेन परिक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो, शुक्रबार (आज) गरिएको परिक्षणमा थप ६ जना स्वास्थ्यर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । विहिबार जिल्लाको शैल्यशिखर नगरपालिकाका ३ जना र मार्मा गाउँपालिकाका २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । आज गरिएको एन्टीजेन परिक्षणमा गोकुलेश्वर अस्पतालका ४ जना र लेकम गाउँपालिकाका २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । विहिबार र शुक्रबार गरि दुई दिनको अवधिमा जिल्लाका ११ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया