Wide Nepal News शनिबार ०८, मङि्सर २०८१ ०६:५५

प्रमुख जिल्ला अधिकारी जोशीद्वारा गोकुलेश्वर बजार अनुगमन

Wide Nepal News
मङ्गलबार, बैशाख २१, २०७८
दार्चुला : प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी सहितको टोलिले जिल्लाको शैल्यशिखर नगरपालिका ९, मा अवस्थित गोकुलेश्वर बजारको अनुगमन गरेको छ । सोमबार (हिजो) विश्वव्यापी महाव्याधिको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन विभिन्न स्थानिय तहको आग्रहमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको निषेधाज्ञाको पालना भए/नभएको बारे प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले अनुगमन गरेको हो । पछिल्लो समय जिल्लाका सबैजसो स्थानिय तहमा फैलिरहेको कोरोनाको संक्रमण न्यनिकरणका लागि जिल्ला प्रशासन कार्यालयले स्थानिय तहको आग्रहमा स्थानिय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गर्दै आइरहेको छ । प्रशासनले जारी गरेको निषेधाज्ञाको नागरिकले पालना गरेको नगरेको बारे महाकाली नगरपालिकाबाट सुरु गरी मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर सम्म अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिएका छन । अनुगमनका क्रममा प्रशासनले जारी गरेको निषेधाज्ञाको आम नागरिकले छिटफुट बाहेक पालना गरेको पाइएको प्रमुख जिल्ला अधिकारी जाशीले बताए । निषेधाज्ञा साथै स्वास्थ्यका मापदण्ड पालना तथा शान्ति सुरक्षाको अवस्थालाई समेत अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए। कोरोना संक्रमण र यसको प्रभाव बारे प्रायः सबै नागरिकलाई जानकारी भए संगै स्वास्थ्यका मापदण्ड पनि पालन गरेको पाइएको छ । उनका अनुसार गोकुलेश्वर सहित आसपासका क्षेत्रमा मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग भइरहेको पाइएको बताइएको छ । उनले कोरोना भाइरसको जोखिमबाट जोगिनका लागि स्वास्थ्य मापदण्डको पालना गर्न जिल्लाबासिलाई आग्रह गरेका छन । अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्ट र सशस्त्र प्रहरी बल दार्चुलाका प्रमुख एसपी नरेन्द्र बमको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया