Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:५२

दरबार हत्याकाण्डको २१ वर्ष पूरा

Wide Nepal News
बिहिबार, जेठ १९, २०७९
काठमाण्डौँः आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन। दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको छ। २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो। हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो। हत्याकाण्ड अहिले पनि रहस्यमै छ। नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भएको थियो। नारायणहिटी दरबार अहिले सङ्ग्रहालयका रुपमा रहेको छ। सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ पनि नागरिकका लागि खुला राखिएको छ।

प्रतिक्रिया