Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:१३

दार्चुलामा आज एक जना कोरोना संक्रमितको मृत्यु, १५ जना संक्रमित थपिए

Wide Nepal News
बुधबार, बैशाख २२, २०७८
गोकुलेश्वर  : दार्चुलाको मार्मा गाउँपालिकामा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो मार्माका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएको मार्मा गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सुजन नेपालीले जानकारी दिएका छन । मार्मामा कोरोना संक्रमित फेला परेपछि गत सातादेखि निषेधाज्ञा जारी गरिएको छ । मंगलबारसम्म १४ जना सक्रिय संक्रमित रहेका छन् । यसअघि दार्चुला घर भएका तीन जना पुरुषको कोरोना संक्रमणपछि उपचारका क्रममा जिल्ला बाहिर मृत्यु भइसकेको छ । यसैबिच दार्चुलामा कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या १ सय ११ पुगेको छ । बुधबार (आज) जिल्लामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भए संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ११ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । बुधबार शैल्यशिखर नगरपालिकामा चार जना, महाकाली नगरपालिकामा ८ जना, अपिहिमाल गाउँपालिकामा दुई जना र खलंगा पुलघाटमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस सम्पर्क व्याक्ति बिरेन्द्रराज भट्टले जानकारी दिएका छन । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले १११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएपनि परीक्षण अभावमा जिल्लामा धेरै संख्यामा संक्रमित हुनसक्ने भन्दै सचेतना तथा सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न अनुरोध गरिएको छ । स्वास्थ्यकर्मीसहित दार्चुलाका सबै स्थानीय तहका नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि दार्चुलाका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया