विषालु सर्पको टोकाइबाट डिलासैनीका एक बालकको मृत्यु
Wide Nepal News
शुक्रबार, बैशाख २४, २०७८
दार्चुला : विषालु सर्पको टोकाइ बाट बैतडीमा एकजना बालकको ज्यान गएको छ ।
बिहिबार (हिजो) जिल्लाको डिलासैनी गाँउपालिका, ५ बिनाबस्ती बस्ने पवन जोशीको सर्पले टोकेर ज्यान गएको उनको पारिवारिक स्रोतले बताएको छ ।
सर्पको टोकाइबाट ज्यान गुमाएका उनी कफलासैनी माद्यमिक विद्यालय पुजारी गाँउमा कक्षा ८ मा अध्ययनरत थिए ।
प्रतिक्रिया