Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:२६

नगरप्रमुख धामीद्वारा आफूले चढ्ने गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने घोषणा

Wide Nepal News
शुक्रबार, बैशाख २४, २०७८
दार्चुला : शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीले आफूले चढ्दै आएको गाडीलाई बिरामी बोक्नमा मद्दत गर्ने घोषणा गरेका छन । दार्चुला सहित देशैभर कोरोना महाव्यालिे विकराल रुप लिएपछि बिरामीको संख्या बढेको भन्दै नगरप्रमुख धामीले आफूले चढ्दै आएको म १ च ७२७ नम्बरको स्कारपियोलाई नि:शुल्क एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेको नगरप्रमुख धामीको सचिवालयले जनाएको छ । अस्पतालहरुमा भएका एम्बुलेन्स कोरोना संक्रमित बोक्नमा प्रयोग भएपछि कोरोना संक्रमित बाहेकका बिरामी बोक्न एम्बुलेन्स अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आफूले चढ्दै आएको गाडीलाई एम्बुलेन्स प्रयोजनका लागि प्रयोग गर्न दिने नगरप्रमुख धामीले घोषणा गरेका हुन । नगरपालिकाभित्र कसैलाई अफ्ट्यारो परेमा गाडी तयारी अवस्थामा राखिएकोले समस्या पर्ने बित्तिकै फोन गर्न नगरप्रमुख धामीले आग्रह गरेका छन । यसअघि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले पनि कोरोना संक्रमित बाहेकका जिल्लाका बिरामीलाई बोक्नका लागि आफुले चढ्दै आएको गाडी एम्बुलेन्सका रुपमा उपलब्ध गराउने घोषणा गरिसकेका छन । पछिल्लो समय देशका केहि स्थानीय तहका जनप्रतिनिधिले आफुले चढ्दै आएका गाडीलाई बिरामी बोक्नका लागि दिने घोषणा गरिरहेका छन् ।

प्रतिक्रिया