Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:१५

गोकुलेश्वर अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

Wide Nepal News
शनिबार, बैशाख २५, २०७८
दार्चुला : गोकुलेश्वर प्राथमिक अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार (हिजो साँझ) बिरामी भएपछि अस्पताल भर्ना भएकि शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वर बस्ने ६५ बर्षिया किडी बादीको चेकजाँचका क्रममा कोरोना पोजिटिभ आएको र उपचारका क्रममा ज्यान गएको गोकुलेश्वर प्राथमिक अस्पतालका प्रमुख डा. नेयाज अन्सारीले 'वाइड नेपाल न्युज'लाई जानकारी दिएका छन । उनी श्वासप्रश्वास सम्बन्धि दिर्घरोगी समेत रहेको बताइएको छ । पछिल्लो समय दार्चुलामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने अहिलेसम्म जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ सय ४८ पुगेको छ भने जिल्ला भित्र ३ जना र जिल्ला बाहिर २ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया