Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:४८

गोकुलेश्वरमा बसपार्क निर्माणका लागि जग्गा खोज्दै नगरपालिका

Wide Nepal News
बिहिबार, जेठ १९, २०७९
काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका ९ मा पर्ने गोकुलेश्वरमा बसपार्क निमार्णका लागि जग्गा उपलब्ध गराउन नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ । बिहीबार (आज) एक सूचना जारी गर्दै नगरपालिका भित्रका गोकुलीगाड देखि आगरीगाड सम्मको क्षेत्रमा जग्गा उपलब्ध गराउन इच्छुक जग्गाधनीका लागि पन्ध्रे दिने सूचना जारी गरिएको शैल्यशिखर नगरपालिकाले जनाएको छ । नगरपालिकाको केन्द्र समेत रहेको गोकुलेश्वर बजारमा स्थानीय, व्यवसायी, संघसंस्था, तथा सवारी साधनको चाप बढेसंगै बसपार्क अभाव हुँदा स्थानीय र यात्रुले सास्ती भोगिरहेका छन् ।

प्रतिक्रिया