Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:२६

गोकुलेश्वरमा बजारभरि कोरोना संक्रमित, नगरपालिका जिम्मेवार नबन्दा स्थिति नियन्त्रण बाहिर

Wide Nepal News
सोमबार, बैशाख २७, २०७८
दार्चुला : जिल्लाको शैल्यशिखर नगरपालिका कोरोना संक्रमितले भरिभराउ बनेको छ । विकराल रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण यतिबेला गोकुलेश्वरका स्थानीय, व्यापारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक सहित बैंकका कर्मचारीहरूमा समेत देखिएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले बैशाख १६ गतेदेखि जिल्लाभरी निषेधाज्ञा जारी गरेपनि अहिले शैल्यशिखर नगरपालिका सहित जिल्लाभरी यसको संक्रमण नियन्त्रण बाहिर गएको छ । जिल्लामा अहिलेसम्म गरिएकाे एन्टिजेन र पिसिआर परिक्षणबाट कोरोना भाइरसका १९६  जना सक्रिय संक्रमित रहेका छन भने गोकुलेश्वर बजारमा मात्रै परिक्षण गरिएका मध्येबाट ३९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन । अहिले एकजना संक्रमित अस्पतालको आइसोलेशनमा उपचाररत छन भने बाकी कोरोना संक्रमित होम आइशोलेसनमा रहेको गोकुलेश्वर अस्पतालले बताएको छ । चिकित्सकहरूका अनुसार कीट अभावका कारण प्रयाप्त संख्यामा चेकजाँच नहुदा थोरै संक्रमित देखिएपनी समुदायमा ठूलो संख्यामा कोरोना संक्रमित हुनसक्ने र सो संख्या बढ्न सक्ने बताइएको छ । गोकुलेश्वर प्राथमिक अस्पतालका प्रमुख डा. नेयाज अन्सारीकाले अहिले कतिपय संक्रमितमा रिपोर्ट पोजिटिभ आएकाे र लक्षण नदेखिएकाे भएपनि अधिकांस संक्रमितमा भाइरसका लक्षण देखिन थालेकाे बताएका छन । यसअघि गोकुलेश्वर प्राथमिक अस्पतालमा मात्रै एकैदिन दुइजना संक्रमितको मृत्यु भइसकेको छ । कहाँ चुक्दैछ शैल्यशिखर नगरपालिका ? जिल्ला प्रशासन कार्यालय दार्चुलाले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेपश्चात शैल्यशिखर नगरपालिका भाइरस नियन्त्रणमा एक सातासम्म सक्रिय देखिएन । गोकुलेश्वर सहित आसपासका क्षेत्रमा निषेधाज्ञा लागू गर्न र त्यसको कडाइ गर्नमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर सक्रिय देखिएकाउ छ भने बिरामीहरूको व्यवस्थापनमा गोकुलेश्वर प्राथमिक अस्पताल जिम्मेवार देखिएकाे छ । अस्पतालसित पिसिआर मेसिन नभएकाे र एन्टिजेन परिक्षणका लागि प्रयाप्त संख्यामा कीट नहुदा समेत स्वास्थ्यकर्मीहरूले सेवा दिदै आइरहेका छन । गोकुलेश्वर प्राथमिक अस्पतालका अध्यक्ष समेत रहेका नगरप्रमुख धामी निषेधाज्ञा जारी भएदेखि न अस्पतालमा देखिएका छन, न त गोकुलेश्वर बजारमा नै । यसबाट पनि नगरमा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि नगरप्रमुख धामी  थप सक्रिय बन्नुभन्दा पनि जिम्मेवारीबाट विमुख बनेकाे स्थानीयले आरोप लगाइरहेका छन । आइतबार (हिजो) बसेको शैल्यशिखर विपद व्यवस्थापन समितिको बैठकले गोकुलेश्वरमा अक्सिजन प्लान्ट निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसित बजेट माग गरेको छ भने जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर प्राथमिक अस्पतालमा ५०/५० शैय्याको आइसोलेशन सेन्टर निर्माण गर्ने तयारी भइरहेको छ । पछिल्लो एक सातामा मात्रै गोकुलेश्वरमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ भने २ जना संक्रमितको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । भाइरसको जोखिम यतिखेर नियन्त्रण बाहिर गइसकेको छ । प्रयाप्त मात्रामा चेकजाँच नभए पनि कोरोना जाँच गरिएका मध्ये धेरैजसोमा संक्रमण देखिनुले अहिले गोकुलेश्वरका स्थानीय त्रसित बनेका छन । कोरोना जोखिम नियन्त्रणका लागि नगरपालिकाले केकस्ता कदम अघि सारिरहेको छ ? यो हेर्न भने बाकी छ ।

प्रतिक्रिया