Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:११

दार्चुलामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई सय नाघ्यो

Wide Nepal News
सोमबार, बैशाख २७, २०७८
गाेकुलेश्वर : दार्चुलामा सोमबारसम्म कोरोना संक्रमितको संख्या दुई सय नाघेको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाभरी संक्रमितको संख्या २ सय १ पुगेको छ । सोमबार मात्रै जिल्लामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताएका छन। जसअनुसार व्यास गाउँपालिकामा ४ जना, दुहुँ गाउँपालिकामा २ जना, पूलघाट नाकामा १ जना, नौगाड गाउँपालिकामा १ जना, मालिकार्जुन गाउँपालिकामा २ जना र जिल्ला अस्पताल दार्चुलामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएकाे छ । पछिल्लो कोरोना संक्रमित थपिएसँगै व्यास गाउँपालिकामा ८ जना, दुहुँमा १२ जना, महाकाली नगरपालिकामा २६ जना, पूल घामा २० जना, मालिकार्जुन गाउँपालिकामा १४ जना, लेकम गाउँपालिकामा १७ जना, शैल्यशिखर नगरपालिकामा ४जना, नौगाड गाउँपालिकामा ४ जना, मार्मा गाउँपालिकामा १९ जना, अपिहिमाल गाउँपालिकामा १२ जना गोकुलेश्वर अस्पतालमा ४१ जना र जिल्ला अस्पताल दार्चुलामा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोनाका कारण जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा १२ जना विरामी छन् । सोमबार मात्रै थप २ जनालाई आइसोलेसन सैयामा भर्ना गरिएको गरिएको छ । यस्तै गोकुलेश्वर अस्पतालमा एक जना आइसोलेसन सैयामा थपिएका छन् । योसँगै शैल्यशिखरमा २ जना भर्ना भएका छन् । कोरोनाका कारण जिल्लामा अहिलेसम्म ४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया