Wide Nepal News शुक्रबार ०२, कार्तिक २०८१ ०२:०६

कोरोना भाइरसबाट एकै दिन २२५ संक्रमितको मृत्यु

Wide Nepal News
मङ्गलबार, बैशाख २८, २०७८
दार्चुृला : कोरोनाबाट एकैदिन थप २२५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित यस दिन २२५ मृतक थपिएका हुन्। एकै दिन थपिएको मृतक संख्या यो अहिलेसम्मकै उच्च हो। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ। थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २१ हजार ३१६ जनाको नमुना परीक्षण गरिएको हो। यस दिन ५ हजार २२५ जना निको भएका छन्। एकै दिन निको हुनेको यो संख्या पनि हालसम्मकै उच्च हो। हालसम्म ३ लाख १२ हजार १९ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया