Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:१४

अपिहिमालमा मंगलबार ५८ कोरोना संक्रमित थपिए, जिल्लामा सक्रिय संक्रमितको संख्या २७० पुग्यो

Wide Nepal News
मङ्गलबार, बैशाख २८, २०७८
गोकुलेश्वर : दार्चुलाको अपिहिमाल गाउँपालिकामा मंगलबार ५८ जना कोरोना संक्रमित थपिएका छन् । अपिहिमाल गाउँपालिका स्वास्थ्य शाखाका अनुसार मंगलबार ९३ जनाको कोरोना परिक्षण गर्दा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै अपिहिमाल गाउँपालिकामा कोरोना संक्रमितको संख्या ७५ पुगेको अपिहमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिह धामीले जानकारी दिएका छन । जिल्लाभरि थपिए ६९ जना संक्रमित : दार्चुलामा मंगलबार थप ६९ जना कोरोना संक्रमित थपिएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिका, महाकाली नगरपालिका, व्यास गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार अपिहिमाल गाउँपालिकामा ५८ जना, महाकाली नगरपालिकामा ८ जना, व्यास गाउँपालिकामा २ जना र मालिकार्जुन गाउँपालिकामा १ जना संक्रमित थपिएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २७० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । यस्तै जिल्ला अस्पतालमा १२ जना र गोकुलेश्वर अस्पतालमा १ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया