Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:१२

केकस्ता गल्ती गर्दैछन अहिलेको पिँढीका किशोरकिशोरी ?

Wide Nepal News
बुधबार, बैशाख २९, २०७८
किशोर किशोरीहरुमा बिपरित लिङ्गप्रती आकर्षित हुनु ,मन परेको जस्तो लाग्नु वा कुरा गर्न मन लाग्नु स्वभाविक हो। तर त्यसैलाइ प्रेम ठानेर एकैछिनमा सङ्गै मर्ने,बाच्ने कसम खाने र शारीरिक सम्पर्क गरिहाल्ने प्रवृत्तिले समाजमा विकराल अबस्था सिर्जना भइरहेकाे छ। कान्तिपुरको गत बुधबारे दृष्टिकोणमा अरुणा उप्रेती जि को लेखमा पढेको थिए, पुर्बको एक जिल्लामा १५ बर्षिया किशोरिको एक किशोरसित सम्बन्ध भएपछि महिनावारी रोकियो। उनले ७ हप्तामै गर्भपतनको औषधि खाइछन । त्यसको एक हप्तापछि पेट दुखेर बेहोस भइछन ।अस्पताल लगेपछी गर्भनलिमा गर्भ बसेको थाहा भएछ ।त्यो फुटेर आन्तरिक रक्तस्रावका कारण उनको ज्यानै खतरामा परेको रहेछ । शल्यक्रिया गरेपछी ज्यान त बच्यो तर इज्जत बच्न सकेनछ । फलस्वरूप उनी अहिले मानसिक रोगको औषधि खाइरहेकी छिन रे । पढाइ त छुट्यो नै साथै उनको अबको जीवन को जिम्मेवार को केही एकिन नै छैन। उनीसित सम्बन्ध राख्ने पुरुष उच्च शिक्षा हासिल गर्दैछ रे तर नचिने झै गर्छ । समजमा इज्जत जाने डरले प्रहरिमा उजुरी दिन उनको परिवार मानिरहेको छैन। त्यस्तै केहिदिन अघि एक म्यागजिनमा पढिरहेको थिए ९ कक्षा पढ्ने १७ बर्षिय किशोरीको १८ बर्षिय किशोरसित यौन सम्पर्क भएपछी गर्भ बसेको रहेछ । दुबैले एक निजि औषधि पसलमा गर्भपतन गराउने कोसिस गरेछन । औषधि पसलेले किशोरको बुबालाइ जानकारी दिएछ ।आमाबुबा अस्पताल नपुग्दै किशोर भारत तिर लागेछ । किशोरिको ज्यान त बच्यो तर बेइज्जत हुने डरले उनको परिवारले उनको इच्छा बिपरित १८ बर्षमै बिहे गरिदियो। बिबाह गराइसकेपछी उनका आमाबुबाले उनलाइ भनेछन 'हाम्रा लागि अब त मरिस तेरो लोग्नेको घरमा जे सुकै होस हामिलाइ वास्ता छैन ।' अब सोच्नुस त्यो केटिको जीवनमा के बित्दैछ होला । उसका पनि सपना थिए होलान । एकछिनको रमाइलोले जिन्दगी अन्धकार बनाइदियो। पेट बोकेको सबैले थाहा पाउँछन् भन्ने डरले पहिलेका किशोरि यौनसम्पर्क गर्न डराउथे । तर अहिले त्यो डर हटिसक्यो किनभने आकस्मिक गर्भ निरोधक चक्की तथा गर्भ पतन अधिकार बारे थाहा नहुने कोहि पनि छैनन। अधिकार बारे जानकारी पाउनेले आफ्नो शरीर तथा भबिस्यमा आइपर्ने समस्या प्रती किन जानकारी पाउन सकेन। हामी कहाँ चुक्यौ भने छोराछोरिलाइ लागुपदार्थको कुलतमा नलाग भन्ने आमाबुबाले यौन सम्बन्ध पनि चाडै नराख भन्न कहिलै सकेनौ। यौनका कुरा आउदा बहस छोड्न थाल्यौ। फलस्वरूप यौन सम्बन्धि ज्ञानको कमि भयो र यस्तो अबस्था सिर्जना हुँदै छ।
मलाइ आज बडो याद आइरहेको छ कक्षा ९/१० को स्वास्थ शिक्षा पढ्दाको । प्रजनन स्वास्थ्य भन्ने पाठमा भित्री प्रजनन अङ्गहरुको चित्र हुन्थ्यो त्यसैकारण सरले त्यो पाना नपल्टाइ अर्को पाठ शूरु गर्नुभएको थियो । यौनका कुरा हुनु त कहाँ हो कहाँ प्रजनन स्वास्थका कुरा हुदैनन तर भित्रभित्रै सबैले गलत प्रयोग गरिसकेका हुन्छन।
हामिहरु त सानै देखि हरेक ठाउमा पछारी सकेछौ । न आमाबुबाले सिकाउने ,बुझाउने आट गर्नुभयो न कक्षाकोठामा शिक्षकले। हामिहरुले यौनिकताका सवालहरु कतै गर्न नै पाएनौ ,बुझ्न नै पाएनौ । खाली समाज उल्टो दिशा तर्फ गयो बिकृती फैलिए भनेर चिन्ता गर्न थालियो। अचेलका किशोरकिशोरिहरुमा १२ कक्षामा पुगिसक्दा पनि केटा साथी वा केटि साथी भएनन भने त लाज नै हुन्छ भन्ने भावना जागृत भएको देखिन्छ । प्रेमी सङ्गै हिड्दा टासिएर हात समाउनु पर्छ ,पार्टिमा रक्सी, चुरोट नखाए असभ्य भइन्छ र यौन सम्बन्ध भएन भने त जिबनमा मज्जा नै आउदैन भन्ने उनिहरुलाइ लाग्न थालेको छ । जब जिम्मेवारि बहन गर्न सकिन्छ तब मात्र यौन सम्बन्ध स्विकार्नु पर्छ भन्ने जानकारी आमाबुबा र शिक्षकले दिनुपर्ने हो तर यौनिकताका र यौनका बिषय आउदा हामी छोराछोरा तथा बिध्यार्थिबाट टाढा जान्छौ। धेरै किशोरिहरुले यौनसम्पर्क पछि इमजेन्सी औषधि खाएको तर यसरी जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा पर्न जाने असर प्रती ज्ञान नभएको बताइरहेको एउटा रेडियो कार्यक्रममा सुनेको थिए। तर औसधिको बट्टामा सबै कुरा लेखेको हुन्छ भन्ने कुरा कसले सिकाउने ? अहिलेको यो युगमा आएर पनि प्रजनन शिक्षा भनेर प्रजनन अङ्ग र शारीरिक परिबर्तनबारे मात्र पनि खुलेर कक्षाकोठा देखि घर सम्म कुरा नहुनु दुख लाग्दो कुरा छ। अब प्रजनन स्वास्थ्यमै मानबिय सम्बन्ध ,प्रेम,यौन र यौनिकताका सवालहरु पनि किशोर किशोरिलाइ बुझाउने गरिराख्नु पर्छ। यो सबैको चासोको बिषय पनि हो। युटुब तिर एक दुई कार्यक्रम छन यौनिकताका सवालहरु गर्ने तर तिनिहरुले पनि खासै समाजमा यौनले पारेको समस्या प्रती गम्भीर भएको देखिएन। नयाँ पुस्तामा सानै उमेरमा यौन सम्बन्ध राखेर ,गर्भपतन गराएर वा बच्चा जन्माएर सडकछेउ छोड्ने प्रवृत्ति बढ्न थाल्यो । यसले गर्दा आर्थिक उन्नती गरेपनि समग्र देशको मानबिय प्रगती पछि पर्ने छ। भर्खरै ईन्टरनेटमा भाइरल बनेको एउटा अश्लिल भिडियोको कारण एउटा केटि र उनको आमाले आत्महत्या गर्यो भनेर हिजो नै समाचार पढे । तर यस्ता कृयाकलाप कसरी रोक्ने भन्ने सन्दर्भका तालिम गोष्ठी चल्छन कि चल्दैन मलाइ थाहा भएन । यसको जरैदेखि समाधान हुन यौन र यौनिकताको बारेमा घरघरमा ,स्कुल स्कुलमा छलफल हुन जरुरी छ। किशोर किशोरिलाई यौन सम्बन्ध नै प्रेम होइन प्रेम त फुल्न फल्न सघाउनु हो भन्ने कुरा जति सक्यो चाडो बुझाउनु आबश्यक छ । प्रेम नै गर्नु हुदैन भन्ने गलत भावना आमाबुबाले राख्नु हुदैन तर प्रेम भयो भने के गर्ने के नगर्ने भन्ने बारे प्रष्ट आमाबुबाले सम्झाइरहनु पर्छ भन्ने मेरो भनाइ हो। र यौन सम्बन्ध राख्न चाहनु एकछिनको आकर्षण हो एकैछिनमा हराएर जान्छ भन्ने सबै किशोरकिशोरिले बुझ्नु जरुरी छ। एकछिनको रङ्गिन दुनियाले जिन्दगी नै अन्धकार हुन सक्छ त्यसैले समयमै होसियार बनौ। मेरो यो लेखमा यौन सम्बन्ध राख्नु नै गलत हो भन्न खोजिएको होइन तर अपरिपक्व उमेरमा यौन सम्बन्ध राख्नु हुदैन भन्ने मुल आशय बताउन खोजिएको हो।

प्रतिक्रिया